News Portal

निर्वाचन आयोगमा ‘नेकपा’ को झगडा !

८८५ पटक

काठमाडौं : निर्वान आयोगका प्रमुख आयुक्तसहितका चार आयुक्तहरुले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाममा समस्या नरहेको निश्कर्ष निकालेका छन् ।

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दलसम्बन्धी ऐनविपरीत सत्तारुढ दलले उस्तै नाम राखेको र त्यसलाई आयोगले बैधानिकता दिइएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो।

दलको नामका विषयमा उजुरी नै परेपछि आयोगले बुधबार दुबै पार्टीका प्रतिनिधिसहितको संबैधानिक तथा कानुनी इजलास राखेर छलफल गर्‍यो । छलफलमा दुबै पक्षले आ-आफ्ना अडान राखेका थिए ।

छलफलपछि सत्तारुढ नेकपाका नेता मुक्ति प्रधानले आफ्नो पार्टीको नाम, कट्टेल नेतृत्वको दलसँग नजुधेको बताए । ‘कोष्टभित्रको नेकपाको नाममा समस्या छैन । हामी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भन्छौं । उहाँहरु नेपाल कम्युनिस्ट पार्टी मात्रै भन्नुहुन्छ । त्यसकारण नाममा समस्या छैन । यो म प्रष्ट पार्न चाहन्छु ।’

कट्टेल नेतृत्वको नेकपाका सचिवालय सदस्य कृष्णहरि भट्टले भने सत्तारुढ दलले बहुमतका नाममा आफ्नो पार्टीको पहिचान नै मेटाउन खोजिएको गुनासो गरेका थिए ।

तर, कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दाबी गरेजस्तो सत्तारुढ दलको कोष्टभित्रको नेकपाको नाममा समस्या नरहेको आयुक्तहरुको छलफलले निश्कर्ष निकालेको आयोग स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

दुबै पार्टीका प्रतिनिधिसहितको इजलास सकिएपछि बुधबार दिउँसो नै बसेको प्रमुख आयुक्तसहित आयुक्तहरुको छलफलले सत्तारुढ नेकपाको नाममा समस्या नरहेको निश्कर्ष निकालेको उनले बताए । ‘पहिला नै विधानसम्मत नै निर्णय भएको हो भन्ने निश्कर्ष छ । त्यही नै निर्णय आउने सम्भावना छ’ उनले भने ।

आयोगले यसअघि कट्टेल नेतृत्वको नेकपासँग नाम जुधेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई कोष्टभित्र नेकपा राखेर दल दर्ताको स्वीकृति दिएको थियो ।

इजलास बसेको ३५ दिनभित्र निर्णय सुनाउनुपर्ने व्यवस्था भए पनि निर्वाचन आयोगले बिहीबार नै नेकपाको नामको विवादका सन्दर्भमा आफ्नो निर्णय सुनाउने तयारी गरेको आयोगको स्रोतले जानकारी दियो । आयोगका आयुक्तहरुको बैठक बिहीबार पुनः बस्ने छ ।

तेल र पानीको मिलन हुँदैन : कट्टेल समूह
सत्तारुढ दलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताका लागि अन्य कम्युनिस्ट घटकहरुलाई आग्रह गर्दै आएको छ । तर, कट्टेल नेतृत्वको नेकपाले भने पार्टीको नामका विषय चित्त दुखाउँदै निर्वाचन आयोगमा उजुरी पो दिए ।

निर्वाचन आयोगमा नामको विषयमा परेको उजुरीमाथिको छलफलपछि कट्टेल नेतृत्वको पार्टीका सचिवालय सदस्य कृष्णहरि भट्टले भने सत्तारुढ दलसँग पार्टी एकताको सम्भावना नै नरहेको बताए ।

‘तेल र पानीको मिलन हुँदैन भनेजस्तै हो’, सत्तारुढ दलसँग पार्टी एकताको सम्भावना के छ भन्ने पत्रकारको प्रश्नमा भट्टले अगाडि भने, ‘सरकारवादी नेकपा भनेको संसदवादी संघर्षबाट चोरको पनि एक भोट हो, साधुका पनि एक भोट हो भन्ने कुरामा उहाँहरु विश्वास गर्नुहुन्छ । हामीहरु योग्य मान्छेहरुको नेतृत्वले समाज विकास भएको हो भन्ने मान्यता राख्छौं ।’

नेता भट्टले सत्तारुढ दलले व्यक्तिको योग्यता र क्षमताको समेत कदर गर्न नसकेको र त्यसमा विश्वास नराखेको आरोप लगाए । ‘हाम्रो पार्टी योग्यता क्षमताको कदर हुनुपर्छ भन्ने पक्षमा छ ।’ उनले भने, ‘उहाँहरु योग्यता र क्षमताको प्रतिस्पर्धामा हुनुहुन्न ।’ अनलाइनखबर

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...