News Portal

रंगेलीमा दुई दिने निःशुल्क आँखा शिविर

हिमालीसंचार संवाददाता
३३७ पटक

रबिन्द्र बराल, मोरङ। माेरङकाे रंगेली नगरपालिकाले दुई दिने आँखा शिविर सञ्चालन गरेको छ। रंगेली-६ स्थित पब्लिक माध्यमिक विद्यालयकाे खेलमैदान निःशुल्क आँखा शिविरको आयोजना गरेकाे हाे।

नगरबासीहरुलाई लक्षित गर्दै नगरले ४ र ५ गते शिविर सन्चालन गरेको छ। शिविरमा रंगेली, चाेप्राह, मधुवनी, आदर्शटाेल, निचामारी तथा सिमावर्ति क्षेत्रका महिला, बालबालिका, बृद्वबृद्धा लगायतले आँखा जाँच गराउनुका साथै निशुल्क दवाई र चस्मा समेत दिएकाे थियोे।

कार्यक्रम रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली, विभिन्न वडाका वडाध्यक्ष लगायतकाे सहभागीता रहेको थियोे।आँखा चेकजाँच पछि माेतियाबिन्दु फेला परेका विरामीहरुलाई बिराटनगर आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने समेत जनाएको छ।

शिविरमा १ हजार भन्दा बढी बिरामीहरुले सेवा लिएका थिए। रंगेली नगरपालिकाकाे आयोजना तथा बिराटनगर आँखा अस्पताल रानी सहयोगमा आँखा शिविर सञ्चालन गरिएको थियोे।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...