News Portal

लोकदोहोरी स्वर्णिम साँझका लागि बेलायत पुगे गायक शिव हमालसहितका कलाकार

हिमालीसंचार संवाददाता
५२८ पटक

लण्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको यही में २० मा आयोजना गर्ने छैटौं लोकदोहोरी स्वर्णिम साँझका लागी सर्जक, लोक तथा दोहोरी गायक शिव हमाल र लोक तथा दोहोरी गायिका बिन्दा परियार बेलायत पुगेका छन्।

सोमबार लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिएका गायक हमाल र गायिका परियारलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाका अध्यक्ष लक्षुमण राना, सल्लाहकार भक्त दर्जी र समाजसेवी नेत्र आलेलगायतले न्यानो स्वागत गरेका थिए।

गायक हमाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिवसमेत हुन्। पछ्यौरी लेउ बैना, लालुमै, झुम्का झल्लकै, मालीगाईलाई बाँधेको दाम्ला, डाँडैको टुनी, देउरालीको भट्टीलगायत झण्डै डेढ सय बढी गीतहरुमा हमालले शब्द र स्वर भरेका छन्।

कार्यक्रम फानबोरोस्थित सामुयल कोडी स्कुलमा हुने आयोजकले बताएको छ। कार्यक्रममा नेपालका अन्य चर्चित २ दर्जन जति कलाकारहरुको समेत प्रस्तुति रहने जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...