News Portal

बहराइनबाटै पुनः श्रम स्वीकृति लिने सकिने

योगेन्द्र योगी
२६७ पटक

बहराइन। बहराइनबाटै पुनः श्रम स्वीकृति दिन सुरु गरिने भएको छ। मनामास्थित नेपाली दूतावासले एक विज्ञप्ति निकाल्दै श्रम स्वीकृतिको अवधि सकिएका र पुनः श्रम स्वीकृति लिनु पर्ने व्यक्तिहरूलाई अनलाइनमार्फत आवेदन दिन सूचित गरेको छ।

दूतावासका अनुसार गन्तव्य मुलुकमा रहेको नेपालीलाई कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम बहराइनमा सोमबार अर्थात् जेठ १ गतेदेखि पुनः श्रम स्वीकृति प्रदान गर्न थालिनेछ।

पुनः श्रम स्वीकृतिका लागि प्राप्त हुने आवेदनको सङ्ख्या अनुसार थपघट हुने गरी हाललाई दैनिक १० वटा टोकन उपलब्ध हुने दूतावासले जनाएको छ।

पुनः श्रम स्वीकृतिका लागि के गर्नुपर्छ ?

१. पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सुरुमा अनलाइन फाराम भर्नुपर्छ। सबै प्रक्रिया अनलाइनबाटै गर्न सकिन्छ दूतावासमा उपस्थित हुनु पर्दैन। अनलाइन फाराम भर्दा सम्भव भएसम्म सम्बन्धित व्यक्ति आफैँले भर्नुपर्छ र आफ्नो इमेल र मोबाइल नम्बर उल्लेख गर्नुपर्छ। आफैँले भर्न सम्भव नभएमा सो कार्यको लागि अन्य सहयोगी व्यक्ति, संस्था वा आफ्नो स्थानीय तह (गाउँपालिका वा नगरपालिका) मार्फत पनि भर्न सकिन्छ।

२. अनलाइनबाट पुनः श्रम स्वीकृतिका लागि फाराम भर्न यहाँ क्लिक गर्नुहोस्।

३. अनलाइन आवेदन गर्दा निम्न डकुमेन्ट तयारी अवस्थामा राख्नुपर्छ र स्क्यान कपि प्रविष्टि (अपलोड) गर्नुपर्दछ।

• पासपोर्ट साइजको फोटो
• पासपोर्ट
• भिजा अनुमति
• करार सम्झौता
• पुरानो श्रम स्वीकृति
• सीपीआर

४. तोकिएको स्थानमा जुन कागजात भनिएको छ सोही कागजात तोकिएको फर्म्याट (जेपीईजी, पीएनजी वा पीडीएफ)मा तोकिएको आकार (पाँच एमबीभन्दा कम साइज) मा प्रविष्टि गर्नुपर्दछ।

५. पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्दा देहायको प्रक्रिया अपनाई अनलाइन आवेदन दिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।

• पुनः श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार विभागको वेभसाइटमा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र भन्ने लग इनमा क्लिक गर्नुहोस्।

• तत्पश्चात् आफ्नो पासपोर्ट नम्बर र पासवर्ड प्रयोग गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रवेश गर्न सकिनेछ र श्रम स्वीकृतिका लागि आवेदनमा क्लिक गरी प्रक्रिया अगाडि बढाई आवेदन दिन सक्नुहुनेछ।

• यसरी आवेदन दिँदा नयाँ पासपोर्ट लिनुभएको भए सोही पासपोर्टको आधारमा प्रक्रिया अगाडि बढाउनुहोला। पासवर्ड बिर्सनु भएको अवस्थामा राजदूतावासको [email protected] वा [email protected] मा इमेल गरी आफ्नो पासपोर्ट नम्बरसहित पासवर्ड रिसेटका लागि अनुरोध गर्न सक्नुहुनेछ। पासवर्ड रिसेट भएको जानकारी आफ्नो इमेलमा प्राप्त हुनेछ।

• वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमा सम्पूर्ण विवरण अपडेट गरी माग भए बमोजिमको कागजपत्र प्रविष्टि गर्नुपर्नेछ। अन्तिममा श्रम स्वीकृतिका लागि आवेदन गर्ने स्थानमा ‘मनामा बहराइन’ छनौट गरी आवेदन दिनुपर्नेछ।

• श्रम स्वीकृतिका लागि तिर्नुपर्ने कल्याणकारी कोष, बिमा र सामाजिक सुरक्षा कोषको रकम सोझै सम्बन्धित व्यक्तिले विद्युतीय भुक्तानी प्रणाली (जस्तै: कनेक्ट आईपीएस, इसेवा र खल्ती) मार्फत तिर्नुपर्नेछ।

• पुरानो श्रम स्वीकृति लिँदा आँखा वा औँठाछाप दर्ता गर्नुभएको छैन भने अनलाइनबाट पुनः श्रम स्वीकृति लिन मिल्दैन। यसको लागि वैदेशिक रोजगार कार्यालयमा आँखा वा औँठाछाप दर्ता भएको हुनुपर्छ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...