News Portal

राष्ट्रपति ट्रम्पले आक्रोशित हुँदै भने, ‘पावेललाई ब्याजदर बढाउनुमा नै सन्तोष लागेकोजस्तो देख्दैछु

हिमाली संचार संवाददाता
५८० पटक

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलको विरुद्धमा मङ्गलबार पुनः आक्रोश व्यक्त गरेका छन् । बैंक ब्याजदर वृद्धिको पक्षमा उभिएका पावेलका कारण आर्थिक वृद्धिमा जोखिम आउने खतरा रहेको राष्ट्रपति ट्रम्पको आरोप छ ।

अमेरिकी अखबार वालस्ट्रिट जर्नललाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पावेललाई बैंकको अध्यक्ष बनाएर गल्ती गरेको समेत बताए । ‘हरेक पटक हामीले ठूलै कदम चालेका हुन्छौं, तर उनी (पावेल) ब्याजदर बढाउँछन्,’ उनले भने ।

राष्ट्रपति ट्रम्पले आक्रोशित हुँदै भने, ‘पावेललाई ब्याजदर बढाउनुमा नै सन्तोष लागेकोजस्तो देख्दैछु ।’

उनले गतसाता पनि केन्द्रीय बैंक (फेडरल रिजर्भ) नै आफ्ना लागि सबैभन्दा ठूलो खतरा रहेको बताएका थिए । राष्ट्रपति ट्रम्पले पावेलको हिँडाई आफूले सोचेभन्दा धेरै छिटो रहेको प्रतिक्रिया दिए ।

यसैवर्ष मात्र केन्द्रीय बैंकले अर्थतन्त्रलाई नियन्त्रणमा राख्न भन्दै ब्याजदर तीनपटक वृद्धि गरिसकेको छ । डिसेम्बरमा पुनः ब्याजदर शून्य दशमलब २५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपतिहरुले विगतमा बैंकको स्वतन्त्रतालाई सम्मान गर्दै ब्याजदरजस्ता विषयमा मौन रहने गर्दथे । तर राष्ट्रपति ट्रम्पले बैंकका नीतिहरुमाथि कडा टिप्पणी गर्दै आएका छन् ।

अमेरिकी केन्द्रीय बैंकका अध्यक्षको पदावधि चार वर्षको हुन्छ, र पावेलको पदावधि यसै वर्षको फेब्रुअरीबाट शुरु भएको हो । ट्रम्पले भने– ‘उहाँ (पावेल) न्यून ब्याजदर रुचाउने व्यक्ति हुनुहोला भन्ने मेरो सोचाई थियो । तर उहाँ त त्यस्तो होइन रहेछ ।’

राष्ट्रपति ट्रम्पको विचारमा केन्द्रीय बैंकले अमेरिकी अर्थतन्त्रमा ठूलो चुनौती खडा गरेको छ, र ब्याजदर उच्च हुँदा अर्थतन्त्रको वृद्धि न्यून हुने र राष्ट्रिय ऋणको भार बढ्ने हुन्छ ।

‘मेरा लागि अहिले बैंकको नीति सबैभन्दा ठूलो जोखिम हो, किनभने मेरो विचारमा ब्याजदरमा चाँडोचाँडो वृद्धि गरिएको छ,’ ट्रम्पले भने ।

अमेरिकी आर्थिक वृद्धि दोस्रो चौमासिकमा ४.२ प्रतिशत पुगेको छ र यो चारवर्ष यताकै सबैभन्दा उच्च हो । –एएफपी

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...