News Portal

हरेक दिन काजु खाँदा हुन्छन् यस्ता चकित पार्ने फाइदाहरु

हिमालीसंचार संवाददाता
६१८ पटक

काठमाडौ। काजुलाई ड्राइफुडको राजा भनिन्छ। काजु खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि। काजुमा मैग्निसियम, कपर, आयरन, पोटासियमलगायतका तत्व भरपुर मात्रामा पाइन्छ।

यी तत्वले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ। त्यसैले, हरेक दिन काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।

१) काजुमा यथेष्ट मात्रामा आइरन तत्व पाइने हुदाँ यसले हाम्रो शरीरमा रगतको कमी पूरा गर्छ।

२) यसमा भरपुर मात्रामा एन्टी व्यक्टेरियल तत्व हुन्छ। जसले हाम्रो छालालाई सुन्दर बनाई राख्न मद्दत गर्छ।

३) यसमा फस्फोरसको मात्रा यथेष्ट हुन्छ। जसले हाम्रो दाँतलाई मजबुत बनाउँछ।

४) काजु हाम्रो स्वास्थयको लागि पनि निकै लाभदायक छ किनकी यसले हाम्रो शरीरलाई कमजोर हुन दिदैन।

५) त्यसबाहेक, यसमा कयौ प्रकारका भिटामिन पाइन्छ, जसले हाम्रो शरीरलाई मजबुत बनाउँछ।

६) काजुमा सोडियमको मात्रा कम हुनुका साथै पोटासियमको मात्रा धेरै हुन्छ, जसले उच्च रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ।

७) काजुमा सेलेनियम तथा भिटामिन इ भरपुर मात्रामा हुन्छ, जसले शरीरलाई विभिन्न समस्याबाट बचाउँछ। यसले पाचन शक्ति बढाउँछ र क्यान्सरको जोखिम कम गर्छ। यसमा जींक तत्व पनि पाइने हुदा यसले इन्फेक्सनबाट शरीरलाई बचाउँछ।

८) काजुमा कोलेस्ट्रोलको मात्रा न्युन हुन्छ, जसले हृदयघातको जोखिम कम गर्छ।

९) काजुको नियमित सेवनले कपाल झर्ने समस्या कम हुन्छ।

१०) काजुमा भिटामिन बी भरपुर मात्रामा पाइन्छ, त्यसैले यसलाई शक्तिवर्द्धक खाना पनि भन्ने गरिन्छ। खाली पेटका काजु र महको सेवनले स्मरण शक्ति बढाउन मद्दत गर्छ।

११) काजुको तेलले दुवीको सेतो दाग कम गर्छ।

१२) काजुको तेलले शरीर मालिस गर्नाले शरीरको सुख्खापन कम हुनुका साथै छाला नरम हुन्छ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...