News Portal

शहिद लखन थापामगर गोल्ड कपको तयारी पुरा

हिमालीसंचार संवाददाता
२३९ पटक

कुबेत – नेपाल मगर सँघ शाखा कुवेतद्वारा आयोजित यहि १२ मे २०२३ शुक्रबारका दिन आयोजना हुन गईरहेको “प्रथम शहिद क्या लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्ट”को सम्पूर्ण तयारी भएको मगर सँघ शाखा कुवेतका महासचिव श्रवण गाहा मगरले जानकारी गराए।

यहि १२ मे २०२३ शुक्र्बारको दिन कुबेत स्थित अबुहालिफा सहिल स्पोर्टस क्लवको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित गरीसकेको छ। प्रकाशित टाइ-सिट अनुसार उक्त भलिबल प्रतियोगिता जम्मा १० नेपाली टिमहरुले सहभागीता जनाएका छन। उक्त प्रतियोगितालाई सु सम्पन्न गर्नको लागि BEC Exchange कुवेतले मुख्य प्रायोजन रहेको छ।

प्रकाशित टाइ-सिट अनुसार पहिलो खेल ‘ए पोल’ मगर संघ कुवेत (A) टिम र कल्याणकारी नेपाली यूवा समाज कुवेत टिम बिच हुनेछ। मगर सँघ कुवेतका सल्लाहाकार हिरा दर्लामी मगरको संयोजकत्व सम्पन्न हुन लागेको खेलमा प्रथम,द्वित्तिय बेष्ट टिम लाई नगद पुरस्कार,ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ। पुरस्कारको राशी प्रथम हुने टिमलाई २५० केडी,द्वित्तीय हुने टिम लाई १५० केडी र बेष्ट टिम लाई ट्रफि,प्रमाणपत्र र २० केडि नगद तय गरेको छ।

बिहान ८:०० बजे देखी शुरु हुने कार्यक्रममा कुबेतमा कृयाशिल सम्पुर्ण नेपाली संघ,संस्थाका प्रमुख,प्रतिनिधि,बुद्धिजीवी,व्यवसायी समाजसेवी,पत्रकार लाई संचार माध्यम बाट पत्रचार गरीसकेको र कथमकदाचित छुट्न पुगेको भए यसै समाचारलाई निमन्त्रणा मानी कार्यक्रममा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गर्दछ।

खेल हुने मिति समय
खेल हुने मिति : १२ मे २०२३ शुक्र्बार
समया :बिहानको ठिक ०८.०० बजेदेखी
खेल मैदान :अबुहलिफा सहिल स्पोर्टस
आयोजक : नेपाल मगर संघ शाखा कुवेत

 

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...