News Portal

दाङको भालुबाङमा एक युवकको शब फेला

हिमाली संचार संवाददाता
९९१ पटक

शन्तोष कुमार गुप्ता
भालुबाङ : देउखुरीको भालुबाङमा आज बिहान फेरि एक युबकको शब फेला परेको छ । पुरानो भालुबाङ बजार स्थीत जय माँ दुर्गा भवानी फर्निचर पछाडी राप्ती नदीको किनारमा रहेको तटबन्धको झुण्डी रहेको अवस्था शब फेला परेको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिनुभएको छ ।

ती युवा कहाँ को हो ? र कसरी मृत्यु भएको भन्ने बिषयमा अहिले सम्म कुनै पहिचान हुन नसकेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । अन्दाजी ३५/४० बर्षका युवकको मृत्यु कारण बारे प्रहरीले अनुसन्धान शुरू गरेको छ ।

ती युवकको शब राप्ती नदीमा बनाईएको तार जालीको तटबन्धमा झुण्डिएको अवस्थामा शब फेला परेको छ तर स्थानीयबासीले भने हिजो राती संयुक्त युवा क्लब भालुबाङले भालुबाङमा आयोजना गरेको दशैँको कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गरेको बिबिध सांस्कृतिक कार्यक्रम हेर्न आएको हुन सक्ने र कसैले हत्या नै गरेको हुनुपर्ने बताएका छन् ।

यस अघि पनि भालुबाङको निर्माणधिन बसपार्क नजिक भालु खोलामा एक बृद्धको शब फेला परेको थियो । तर ती बृद्धको शब अहिले सम्म पनि पहिचान हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...