News Portal

  • दिल्लीमा २८ नेपाली महिला बन्धक, पीडितको उद्धारसँगै केही एजेन्ट पक्राउ

    ११९३ पटक

    दिल्ली : आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्‍याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ । नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरूको सोमबार स्थानीय प्रहरीले उद्धार गरेको हो ।

    घरेलु कामदारमा पठाउने भन्दै उनीहरूलाई एजेन्टले दिल्ली पुर्‍याएर बन्धक बनाएको पीडित महिलालाई उद्धृत गर्दै स्थानीय प्रहरीले जनाएको छ । २१ देखि ४५ वर्ष उमेरका ती नेपाली महिलालाई वैदेशिक रोजगारीको गिरोहले आकर्षक तलबसहित विभिन्न प्रलोभन दिएर दिल्ली पुर्‍याएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बन्धक बन्न पुगेका महिलामध्ये केही यसअघि इराक र ओमनमा काम गरेर फर्केका समेत छन् ।

    प्रहरीका अनुसार उनीहरूलाई जबर्जस्ती बन्धक बनाइएको थियो । प्रहरीले नेपाली एजेन्टले नै ती महिलालाई बन्धक बनाएको दाबी गरेको छ । मानव तस्करीको आरोपमा केही नेपाली एजेन्टलाई समेत पक्राउ गरिएको छ । घटना पछाडि मानव तस्करी गिरोहको मुख्य नाइके दिल्लीमै रहेको आशंकासमेत प्रहरीले गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    विदेश पठाइदिने भन्दै नेपाली महिलालाई दिल्लीमा बन्धक बनाइएको यो पहिलो घटना भने होइन । यसअघि ८ साउनमा पनि नयाँदिल्लीकै मुर्निकाबाट इराक र दुबई पठाइदिने भन्दै बन्धक बनाएर राखिएका १६ नेपाली युवतीको उद्धार गरिएको थियो । नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदार लैजान २०७२ सालमा निर्देशिका जारी गर्दै प्रतिबन्ध लगाएको थियो । सरकारले प्रतिबन्ध लगाएपछि वैदेशिक रोजगारीका गिरोहले भारतका दिल्लीलगायतका विभिन्न सहरबाट नेपाली युवतीलाई गैरकानुनी रूपमा खाडी मुलुक पठाउँदै आएका छन् । त्यसका लागि विशेषगरी सडकमार्ग हुँदै युवतीलाई दिल्लीलगायतका सहरमा पुर्‍याउने गरिएको छ । अधिकांश भिजिट भिसामा जाने गरेका थिए ।

    यो क्रम बढेसँगै नेपाल सरकारले भारतका सहरबाट विदेश जान खोज्ने नेपालीलाई भारतस्थित नेपाली दूतावासबाट जारी भएको एनओसी अनिवार्य गरेको छ । एनओसी अनिवार्य गरे पनि कहिले नक्कली एनओसी त कहिले भारतका दिल्लीलगायतका एयरपोर्टमा ‘सेटिङ’ मिलाएर नेपाली चेलीलाई खाडी मुलुक पठाउन मानव तस्करहरू सक्रिय छन् । कान्तिपुर

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...