News Portal

रामेछाप सेवा समाज कतारको छैंठौं अधिवेशन सम्पन्न, अध्यक्षमा नर घिसिङ चयन

हिमालीसंचार संवाददाता
२४० पटक

गजेन्द्र खालिङ राई/कतार – कतारमा गठीत रामेछाप सेवा समाज कतारको छैंठौं अधिवेश गत २८ तारिख शुक्रबार कतारको सनैया प्लाजा मल ह्वाइट हाउस रेष्टुरेन्टको सभा हलमा भव्य रुपमा सम्पन्न गरिएको छ। 

संस्थाको छैंठौ अघिवेशनलबाट अध्यक्षमा नर धिसिङ तामाङ, प्रथम उपाध्यक्ष रविन कार्की, द्वितीय उपाध्यक्ष सुकदेव खड्का, महिला उपाध्यक्ष रेणुका लामा, महासचिव आशिष तामाङ, सचिव कविता खत्री, कोषाध्यक्ष शुभराज सुनुवार, सह-कोषाध्यक्ष जित बहादुर खत्री र सदस्यहरुमा  प्रकाश दर्नाल, उग्रेन लामा, मोहन मोक्तान, मैना तामाङ, सुधिना तामङ, सोनाम शेर्पा, राजु मगर, राजन कुमार नेपाली र लेमे शेर्पा चयन गरिएको छ। 

आयोजित कार्यक्रमको प्रमुख अतिथिमा दोहा कतारका व्यावसायी तथा समाजसेवी बुद्धिजीवी व्यक्तित्व सागर नेपाल, सभापति ललिकरा तामाङ, विशेष अतिथि एनआरएनए आईसीसी सदस्य तेज कटुवाल, एनआरएनए एनसीसी कतारको प्रथम उपाध्यक्ष जैबि चाम्लिङ नेपाल, प्रेस चौतारीका केन्द्रिय सदस्य जनता टाइम्सका सम्पादक यासिमा महमद, दोहाका बैचारिक संस्थाको प्रमुख संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। 

सन् २००४ मा स्थापना भएको संस्थाले कतारमा आफ्नो उपस्थिति दह्रो रुपमा खडा गर्दै आएको छ। कतारको दोहामा नेपाली राजदुतवासको अभावमा यस संस्थाले नेपाली नागरिकका लागि विशेष सहयोग गर्दै आएको थिए। 

पछिल्लो समय संस्थाले विशेष गरेर आफ्नो गृह जिल्लामा भइपरी आउने दुख पिडामा सहयोग गर्दै आएको छ। आयोजित कार्यक्रममा मौलिक सास्कृतिक नृत्य र गायिका गुना मगर र अमृत लिम्बुको गायिकीले उपस्थित महानुभावहरुलाई मनोरञ्जन दिलाएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...