News Portal

रामेछाप सेवा समाज कतारको छैंठौं अधिवेशन सम्पन्न, अध्यक्षमा नर घिसिङ चयन

हिमालीसंचार संवाददाता
२५५ पटक

गजेन्द्र खालिङ राई/कतार – कतारमा गठीत रामेछाप सेवा समाज कतारको छैंठौं अधिवेश गत २८ तारिख शुक्रबार कतारको सनैया प्लाजा मल ह्वाइट हाउस रेष्टुरेन्टको सभा हलमा भव्य रुपमा सम्पन्न गरिएको छ। 

संस्थाको छैंठौ अघिवेशनलबाट अध्यक्षमा नर धिसिङ तामाङ, प्रथम उपाध्यक्ष रविन कार्की, द्वितीय उपाध्यक्ष सुकदेव खड्का, महिला उपाध्यक्ष रेणुका लामा, महासचिव आशिष तामाङ, सचिव कविता खत्री, कोषाध्यक्ष शुभराज सुनुवार, सह-कोषाध्यक्ष जित बहादुर खत्री र सदस्यहरुमा  प्रकाश दर्नाल, उग्रेन लामा, मोहन मोक्तान, मैना तामाङ, सुधिना तामङ, सोनाम शेर्पा, राजु मगर, राजन कुमार नेपाली र लेमे शेर्पा चयन गरिएको छ। 

आयोजित कार्यक्रमको प्रमुख अतिथिमा दोहा कतारका व्यावसायी तथा समाजसेवी बुद्धिजीवी व्यक्तित्व सागर नेपाल, सभापति ललिकरा तामाङ, विशेष अतिथि एनआरएनए आईसीसी सदस्य तेज कटुवाल, एनआरएनए एनसीसी कतारको प्रथम उपाध्यक्ष जैबि चाम्लिङ नेपाल, प्रेस चौतारीका केन्द्रिय सदस्य जनता टाइम्सका सम्पादक यासिमा महमद, दोहाका बैचारिक संस्थाको प्रमुख संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। 

सन् २००४ मा स्थापना भएको संस्थाले कतारमा आफ्नो उपस्थिति दह्रो रुपमा खडा गर्दै आएको छ। कतारको दोहामा नेपाली राजदुतवासको अभावमा यस संस्थाले नेपाली नागरिकका लागि विशेष सहयोग गर्दै आएको थिए। 

पछिल्लो समय संस्थाले विशेष गरेर आफ्नो गृह जिल्लामा भइपरी आउने दुख पिडामा सहयोग गर्दै आएको छ। आयोजित कार्यक्रममा मौलिक सास्कृतिक नृत्य र गायिका गुना मगर र अमृत लिम्बुको गायिकीले उपस्थित महानुभावहरुलाई मनोरञ्जन दिलाएका थिए।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...