News Portal

  • तमू समाज कुवेतद्वारा आयोजित “सातौ रक्तदान” कार्यक्रम सम्पन्न, १०३ जनाले रक्तदान गरे

    हिमालीसंचार संवाददाता
    ११२ पटक

    कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो २८अप्रिल २०२३ मा आयोजना गरेको सातौ वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो भने १०३ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए।

    तमू समाज, कुवेतका अध्यक्ष राजु गुरुङको अध्यक्ष्यतामा सम्पन्न औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपालीदुतावासका कार्यवाहक राजदूत सुजनी राना हुनुहुन्थ्यो, कार्यक्रममा बिशेष अतिथीहरु नेपाली राजदुतावासका पदाधिकारीहरु, सेन्ट्रल ब्लड बैंक कुवेतकी प्रतिनिधि डा. अयत ओस्समा, गैर आवासीय नेपाली संघ समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामा,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ हुनुहुन्थ्यो । कार्यक्रममा नेपालीदुतावास परिवार कुबेतका बिभिन्न संघ सस्थाका प्रतिनिधीहरु, पत्रकारहरु तथा स्वंयम सेवी रक्तदाताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

    अपरान्ह दुई बजेदेखि शुरु भएको उक्त कार्यक्रमलाई कार्यक्रमका अध्यक्ष्य, प्रमुख अतिथी, बिशेष अतिथीहरु द्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरेका थिए।

    कार्यक्रमको प्रमुख अतिथि कार्यवाहक राजदूत सुजनी रानाले रक्तदानको महत्वलाई प्रस्ट पार्दै यस मानिवय कार्यमा सङ्लग्न सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिदै यस्तो पवित्र कार्य आयोजना गरेकोमा आयोजक तमू समाज, कुवेतको खुलेर प्रसंशा गर्नु भएको थियो । शुभकामना मन्तब्यकै क्रममा ब्लड बैंकका प्रतिनिधि (डा अयत ओस्समा) ले जीवनमा रक्तदान भन्दा राम्रो कार्य अरु नहुने बदाउदै सम्पूर्ण राक्तदाताहरुलाई खुलेर स्वागत गर्नु भएको थियो । त्यसै गरी नेपालीदुतावासका प्रथम सचिव-प्रेम राज गौतम, गैर आवासीय नेपाली संघ समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामाले आयोजक लगायत सम्पूर्ण रक्तदाताहरुलाई शुभकामना प्रदान गर्नु भएको थियो ।

    समाजका बरीष्ठ सल्लाहकार खोप गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष राजु गुरुङले जीबन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने रक्तदान कार्यमा नेपालीहरु माझ सचेतना जगाउदै यस्ता मानविय कार्यमा उप्रेरणा जगाउन तमू समाज हरदम लागि परेको प्रस्ट्याउदै उक्त सातौ ब्रिहत रक्तदान कार्यमा सहयोग गर्नुहुने नेपाली राजदुताबास,नेपाली सँघ-संस्था, बुद्धीजिबी एवं पत्रकार लगायता सम्पूर्ण रक्तदाता दाजुभाइ दिदीबहिनीहरु सबैलाईलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...