News Portal

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेत गठन

हिमालीसंचार संवाददाता
६१६ पटक

कुवेत– राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेत गठन भएकाे छ। बर्सौसम्म विभिन्न दलका नेताहरुलाई जितायौ तर पनि कहिल्यै जनताले खोजेको जस्तो देशले न निकास न बिकास पायो जहिल्यै कुर्सि र सताको लडाईमा मात्रै सिमित राजनीतिक दलको दलदलका कारण बिकासका योजनामा चरम भ्रष्टाचार ,दलिय स्वार्थमा एकआपस झैझगडा र जुवारी हेर्दाहेर्दै दिक्क भएका नेपाली जनतालाई तपाई हामी सचेत नागरिक आशाको दिपक बन्नुपर्छ।

पवित्र उदेश्यका साथ रास्ट्रपति स्वतन्त्र पार्टी नेपाल अविलम्ब गरेको मार्गमा संसारको जुनसुकै कुनामा भए पनि एकताबद्ध हुनुपर्छ भन्ने अभिप्रेरणाले प्रोत्साहित भएर मरुभूमिको तातो बालुवामा पनि आफ्नो प्यारो जन्मभुमिको माया यथावत राख्दै खाडी देश कुवेतमा मिति:२८ अप्रिल २०२३ अर्थात (वैशाख १५/२०८०) शुक्रबारका दिन कुवेतकों फिन्तास स्थित रमणिय पार्कमा राष्ट्रिय स्वतन्त्र पार्टी (प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेत) राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक दाजुभाई दिदीबहिनीहरुको अथाह प्रयास मार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिति, कुवेत) गठन गर्न भएकाे छ।

पुष्कर धामीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा २४ जना साधारण सदस्य सहित ९ सदस्यीय कार्यसमिति बनेको छ।

युवराज बस्यालको नेतृत्वमा रहेको ९ सदस्यीय कार्यसमितिको उपसभापतिमा नबीन लोप्चन (चितवन) , महासचिबमा जीवन कुमार बिक (चितवन), कोषाध्यक्षमा गोबिन्द प्रसाद तिम्सीना (झापा), प्रवक्तामा ईस्वर भण्डारी (सुनसरी) , सदस्यमा दिनेस प्रसाद शाहा (सर्लाही), अंकित गैरे (म्याग्दी) , एम डि मोहराम अलि (सप्तरी) र उमा घिमिरे (सुनसरी) रहेका छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...