News Portal

जिल्ला स्वास्थ्य कार्यालय मोरङको आयोजनामा १० दिने नि:शुल्क अप्रेशन स्वास्थ्य शिविर सम्पन्न

हिमालीसंचार संवाददाता
३७२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ मा रहेको रंगेली अस्पतालले नि:शुल्क अप्रेसन स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदेश नम्बर १ को स्वास्थ्य कार्यालय मोरङले पहिलोपटक  रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका, कानेपोखरी गाउँपालिका, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकालाई लक्षित गर्दे गत चैत्र २६ गतेदेखि बैशाख ७ गतेसम्म १० दिनसम्म हाईड्रोसिल पिडीत भएकाहरुका लागि नि:शुल्क अप्रेशन स्वास्थ्य शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालय मोरङको फोक्ल पर्सनल शंकर देवले हिमालीसंचालडटकमसंग बताए । 

रंगेली अस्पतालका मेसु अरुण भट्टराईका अनुसार उक्त शिविरमा १९ बर्षदेखि ७५ बर्षसम्मका युवा तथा बृद्धाहरुको स्वास्थ्य परीक्षण गरेर नि:शुल्क संचालित अप्रेशन शिविरमा ५० जनाको हाईड्रोसिलको अप्रेसन गरिएको बताए । 

उनका अनुसार नेपाल सरकारले केही साता अगाडि गाउँ घरमा हात्तिपाईले रोगको औंषधि सेवन गराउन गाउँ घरमा गएको समयमा स्वास्थ्यकर्मीहरुलाई खटाएपछि औंषधि खुवाउने क्रममा सुनवर्षी नगरपालिका र रतुवामाई नगरपालिकाका युवा तथा बृद्धाहरुको धेरैजनालाई हाईड्रोसिल भएको जनाकारी प्राप्त भएपछि जिल्ला स्वास्थ्य कार्यालय मोरङले नि:शुल्क अप्रेशन स्वास्थ्य शिविरको आयोजना गरेको भट्टराईले बताए ।  

मोरङको स्थानीय सर्वसाधारणहरुले समान्य उपचारका लागि विराटनगरसम्म गएर उपचार नगराउन नपरोस भन्दै  सर्वसाधारणहरुले आफ्नै गाउँ घरमा उपचार गराउन सहज होस् भन्ने उदेश्यले रंगेली अस्पतालमा जिल्ला स्वास्थ्य कार्यालयले नि:शुल्क अप्रेशन स्वास्थ्य शिविरको आयोजना गरेको बताए । 

जिल्लामा हाईड्रोसिलको बिरामी थप फेला परेमा पुनः नि:शुल्क उपचार गराउने फोक्ल पर्सनल शंकर देवले बताए । रंगेली अस्पतालमा यसरी उपचार गराउन पाउदा आफूहरु अत्यन्तै खुशी भएको बिरामीहरुले समेत खुशी व्यक्त गरे। 

रंगेली अस्पतालमा हरेक प्रकारको उपचार र चिकित्सक समेत रहेकाले बिगतका दिनहरुमा समेत हाईड्रोसिल, हर्निया, प्रशुतिसेवा निरन्तर चल्दै आई रहेको र आगामी दिनहरुमा समेत थप उपचारका पद्धतिहरु थप गरिदै लैजाने अस्पतालका अध्यक्ष देवमणी कटुवालले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...