News Portal

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘कोशी प्रदेश’ लेखेको क्यालेण्डर जलाए

हिमालीसंचार संवाददाता
६७२ पटक

रमेश राई/खोटाङ – खोटाङमा पहिचान पक्षधर संयुक्त संघर्ष समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ‘कोशी प्रदेश’ लेखिएको क्यालेण्डर जलाएका छन्। नगरपालिकाको कार्यालयको मूख्य प्रवेशद्वार अगाडी मंगलबार दिउँसो करिब २ बजे २ सय थान कोशी प्रदेश लेखिएको क्यालेण्डर जलाएका हुन् ।

पहिचान पक्षधर संयुक्त संघर्ष समितिले कोशी प्रदेश खारेजीको आन्दोलन चर्काउन युगसन किरातको संयोजकत्वमा प्रदेशको पुनःनामाङ्कनका लागि संयुक्त संघर्ष समिति र ६ वटा उपसमिति गठन गरेका थिए । गठीत उपसमिति अन्तर्गतको युवा परिचालन समितिले नगरपालिकाको सचिवालयमा राखेको क्यालेण्डर निकालेर जलाई दिएका हुन्।

गत चैत २७ गते उपप्रमुख विसन राई र प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेललाई पुनःनामाङ्कन संघर्ष समितिले ज्ञापन पत्र बुझाउँदै छाप, लेटरप्याड तथा नगरबाट निस्कने दस्तावेजहरुमा कोशी प्रदेश नलेख्न आग्रह गर्दागर्दै झुक्याएर क्यालेण्डरमा कोशी प्रदेश लेखेको पाइएपछि जलाईएको युवा परिचालन समिति संयोजक निर्मल राईले हिमालीसंचारडटकमसंग बताए।

क्यालेण्डर जलाएपछि पहिचान पक्षधर संयुक्त संघर्ष समितिले कोशी प्रदेश खारेज गर! पहिचानको आधारमा किरात प्रदेश घोषणा गर!! नाराबाजी गरेका थिए। नगरपालिकाले विभिन्न सूचना तथा सन्देशमूलक जानकारी राखेर नयाँ वर्ष २०८० सालको क्यालेण्डर प्रकाशन गरेको थियो ।

प्रतिकृया दिनुहोस्

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको...