News Portal

  • घुँडा टेकेर टिका ग्रहण गर्नु भनेको सामन्ती प्रवृत्ति : मैनाली

    हिमाली संचार संवाददाता
    ३८५ पटक

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सशक्त बहुमत भएपनि जनताले अपेक्षा गरेबमोजिम काम गर्न नसकेको र असफल

    भएको आरोप लगाएका छन् । उनले भने,‘ओली सरकारसँग सशक्त बहुमत छ, तर जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन् । सरकारको काम सन्तोषजनक छैन् । सरकारको सुरुवाती लक्ष्य शुभ देखिएको छैन् । सरकार अहिले धेरै पछि पर्यो ।’

    महासचिव मैनालीले तत्कालिन् नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन नबनेको पनि आरोप लगाए ।

    उनले भने, ‘संविधान संशोधनको विषय अहिलेपनि छ, तर यो विषयमा पहिले यी दुई पार्टीले एकले अर्कोलाई राष्ट्रघाती भनेर आरोप लगाए । यो विषयमा गठबन्धन गर्दा उनीहरुले बोलेको देखिएन् । संविधान संशोधनको आवश्यकत्ता र औचित्यबारे यी दुई टाउकेहरुले कसरी व्याख्या गर्ने हुन् ? त्यो हेर्न बाँकी छ ।’

    मैनालीले सरकारले आफ्ना प्रतिबद्धताहरु पूरा गर्न नसकेको पनि गम्भिर आरोप लगाए । निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा अपराधी पत्ता लगाउन सरकार चुकेको बताउँदै भने, ‘आज यतिका लामो समय भैसक्यो, तर अपराधी पत्ता लगाउन सरकारले सकेको छैन् । अनुशन्धान गर्नुपर्ने पात्रहरुको बारेमा अनुशन्धान भएको छैन् । जुन घरबाट निर्मला हराईन, त्यो घरबाट केन्द्रित रहेर अनुशन्धान गर्नुपर्छ । प्रधानमन्त्रीले बम दिदिबहीनीको डिफेण्ड गर्नुभयो । उहाँले यसरी डिफेण्ड गर्नु गलत हो । यो अत्यन्तै चिन्ताजनक कुरा हो ।’

    सरकारले जनताको अपेक्षाअनुसार काम नगरेको बताउँदै सरकारप्रति जनता अहिले सन्तुष्ट पनि नरहेको उनले जिकिर गरे । उनले भने,‘सरकारले गलत दिशा लिएको छ । सुरुवात विल्कुलै राम्रो देखिएन् ।’

    फरक प्रसँगमा उनले दशैंमा सत्ताधारीहरुबाट आर्शिवाद लिनु राम्रो नभएको बताउँदै प्रधानमन्त्री र राष्ट्रपति दुवै वृद्धवृद्धाको हातबाट टिका ग्रहण गरेको भए राम्रो हुने थियो भन्ने प्रतिक्रिया दिए । उनले भने,‘घुँडा टेकेर टिका ग्रहण गर्नु भनेको सामन्ती प्रवृत्ति हो । शुभ लक्षण होईन् ।’

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री एन.पी. साउदले वर्तमान सरकार असफल भैसकेकोले गम्भिर जोखिममा रहेको बताएका छन् ।

    उनले भने,‘वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा परेको छ । हामीले सरकारको आलोचना गर्नु त धर्म नै हो । तर, नेकपाकै बरिष्ठ नेता, त्यो पनि पूर्वप्रधानमन्त्रीजस्तो नेताले सरकारको गम्भिर आलोचना गर्नुभएको छ । यो सरकार धेरै चल्नुहुँदैन् भनेर भन्नुभएको छ ।’

    सरकारले समृद्धि हाँसिल गर्नु त टाढाको विषय भएको बताउँदै उनले भने,‘अहिले कर्मचारीको तलब दिन सक्ने अवस्था पनि छैन् । कर्मचारीलाई तलब नदिँदा दशैं मनाउन पाएनन् । आर्थिक विपतको पूर्व संकेत देखा परिसकेको छ । यो ८ महिनामा मुलुकको अर्थतन्त्र सरकारले तहसनहस पारेको छ । समृद्धि र स्थिरतामा सरकार असफल भएको छ ।’ संविधान कार्यान्वयन गर्नपनि सरकार असफल भएको उनले गम्भिर आरोप लगाए ।
    नेता साउदले नेकपाको केन्द्रमा मात्रै नभएर ६ वटै प्रदेश र अधिकांश स्थानीय तहमा सरकार भएर हालीमुहाली भएपनि जनताले भनेजस्तो काम गर्न नसकेको आरोप लगाए ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

    कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ। यही जुलाई ११...

    रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

    काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ...

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...