News Portal

घुँडा टेकेर टिका ग्रहण गर्नु भनेको सामन्ती प्रवृत्ति : मैनाली

हिमाली संचार संवाददाता
४६६ पटक

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सशक्त बहुमत भएपनि जनताले अपेक्षा गरेबमोजिम काम गर्न नसकेको र असफल

भएको आरोप लगाएका छन् । उनले भने,‘ओली सरकारसँग सशक्त बहुमत छ, तर जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन् । सरकारको काम सन्तोषजनक छैन् । सरकारको सुरुवाती लक्ष्य शुभ देखिएको छैन् । सरकार अहिले धेरै पछि पर्यो ।’

महासचिव मैनालीले तत्कालिन् नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन नबनेको पनि आरोप लगाए ।

उनले भने, ‘संविधान संशोधनको विषय अहिलेपनि छ, तर यो विषयमा पहिले यी दुई पार्टीले एकले अर्कोलाई राष्ट्रघाती भनेर आरोप लगाए । यो विषयमा गठबन्धन गर्दा उनीहरुले बोलेको देखिएन् । संविधान संशोधनको आवश्यकत्ता र औचित्यबारे यी दुई टाउकेहरुले कसरी व्याख्या गर्ने हुन् ? त्यो हेर्न बाँकी छ ।’

मैनालीले सरकारले आफ्ना प्रतिबद्धताहरु पूरा गर्न नसकेको पनि गम्भिर आरोप लगाए । निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा अपराधी पत्ता लगाउन सरकार चुकेको बताउँदै भने, ‘आज यतिका लामो समय भैसक्यो, तर अपराधी पत्ता लगाउन सरकारले सकेको छैन् । अनुशन्धान गर्नुपर्ने पात्रहरुको बारेमा अनुशन्धान भएको छैन् । जुन घरबाट निर्मला हराईन, त्यो घरबाट केन्द्रित रहेर अनुशन्धान गर्नुपर्छ । प्रधानमन्त्रीले बम दिदिबहीनीको डिफेण्ड गर्नुभयो । उहाँले यसरी डिफेण्ड गर्नु गलत हो । यो अत्यन्तै चिन्ताजनक कुरा हो ।’

सरकारले जनताको अपेक्षाअनुसार काम नगरेको बताउँदै सरकारप्रति जनता अहिले सन्तुष्ट पनि नरहेको उनले जिकिर गरे । उनले भने,‘सरकारले गलत दिशा लिएको छ । सुरुवात विल्कुलै राम्रो देखिएन् ।’

फरक प्रसँगमा उनले दशैंमा सत्ताधारीहरुबाट आर्शिवाद लिनु राम्रो नभएको बताउँदै प्रधानमन्त्री र राष्ट्रपति दुवै वृद्धवृद्धाको हातबाट टिका ग्रहण गरेको भए राम्रो हुने थियो भन्ने प्रतिक्रिया दिए । उनले भने,‘घुँडा टेकेर टिका ग्रहण गर्नु भनेको सामन्ती प्रवृत्ति हो । शुभ लक्षण होईन् ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री एन.पी. साउदले वर्तमान सरकार असफल भैसकेकोले गम्भिर जोखिममा रहेको बताएका छन् ।

उनले भने,‘वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा परेको छ । हामीले सरकारको आलोचना गर्नु त धर्म नै हो । तर, नेकपाकै बरिष्ठ नेता, त्यो पनि पूर्वप्रधानमन्त्रीजस्तो नेताले सरकारको गम्भिर आलोचना गर्नुभएको छ । यो सरकार धेरै चल्नुहुँदैन् भनेर भन्नुभएको छ ।’

सरकारले समृद्धि हाँसिल गर्नु त टाढाको विषय भएको बताउँदै उनले भने,‘अहिले कर्मचारीको तलब दिन सक्ने अवस्था पनि छैन् । कर्मचारीलाई तलब नदिँदा दशैं मनाउन पाएनन् । आर्थिक विपतको पूर्व संकेत देखा परिसकेको छ । यो ८ महिनामा मुलुकको अर्थतन्त्र सरकारले तहसनहस पारेको छ । समृद्धि र स्थिरतामा सरकार असफल भएको छ ।’ संविधान कार्यान्वयन गर्नपनि सरकार असफल भएको उनले गम्भिर आरोप लगाए ।
नेता साउदले नेकपाको केन्द्रमा मात्रै नभएर ६ वटै प्रदेश र अधिकांश स्थानीय तहमा सरकार भएर हालीमुहाली भएपनि जनताले भनेजस्तो काम गर्न नसकेको आरोप लगाए ।

 

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...