News Portal

विदेशमा मृत्यु र अङ्गभङ्ग भएका व्यक्तिका ४ सय ४२ जनाले पाए आर्थिक सहयोग

हिमाली संचार संवाददाता
६२४ पटक

काठमाडौँ– वैदेशिक रोजगार प्रवद्र्दन बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिका आश्रित ४ सय ४२ जनालाई विभिन्न आर्थिक सहायता उपलब्ध गराएको छ ।

गत असोजको प्रगति विवरण सार्वजनिक गर्दै बोर्डले वैदेशिक रोजगारीका क्रममा गन्तव्य मुलुकमा विभिन्न कारणबाट मृत्यु भएका ७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको जनाएको छ ।

बोर्डले श्रम स्वीकृति लिएर विदेश गएका कामदारको करार अवधिभित्र मृत्यु भएमा राहतस्वरुप रु सात लाख उपलब्ध गराउने गरेको छ ।

कामका सिलसिलामा अङ्गभङ्ग वा बिरामी परेका ४२ कामदारलाई समेत आर्थिक सहायता उपलब्ध गराइएको बोर्डले जनाएको छ । कामदारका परिवारका ६ जनालाई औषधोपचार सहयोग उपलब्ध गराएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ ले कामदारका परिवारका सदस्यलाई कडा खालको रोग लागेमा बोर्डले औषधोपचार खर्च उपलब्ध गराउने व्यवस्था गरेको छ । बोर्डले कामदार स्वयं अङ्गभङ्ग र बिरामी तथा परिवारका सदस्य बिरामी परेमा रु ३५ हजारदेखि सात लाखसम्म आर्थिक सहायता उपलब्ध गराउने गराउँदै आएको छ ।

विदेशी भूमिमा अलपत्र परेका तीन नेपाली कामदारको तत्काल उद्धारका लागि सम्बन्धित नियोगमा पत्राचार गरिएको, विभिन्न कारणबाट मृत्यु भएका १२ जनाको शव नेपाल झिकाउन पहल गरिएको र ७६ मृतकको शव घर ठेगानासम्म लैजानका लागि शव ढुवानीको व्यवस्था गरिएको बोर्डले जनाएको छ । बोर्डले करार अवधिभित्र मृत्यु भएका कामदारकोे शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि घरसम्म लैजानका लागि ढुवानी सहयोग गर्दै आएको छ ।

एक सय १८ जनाको अभिमुखीकरण तालीमबापतको शोध भर्ना र वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका ११४ सन्ततिलाई वैदेशिक रोजगार छात्रवृत्ति (आव २०७४÷०७५ को छुट) उपलब्ध गराएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

बोर्डले करार अवधिभित्रै मृत्यु भएको कामदारका सन्ततिमध्ये कक्षा ८ सम्म अध्ययन गर्नेलाई वार्षिक रु आठ हजार र ९ देखि १२ कक्षासम्म अध्ययन गर्नेलाई वार्षिक रु १२ हजार छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

बोर्डले मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अङ्गभङ्ग भएकालाई उपचार खर्च, विदेशमा अलपत्र परेका व्यक्तिको शव स्वदेश भिकाउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन र विदेशमा सुरक्षित गृह सञ्चालन गर्ने काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...