News Portal

मोरङमा ट्याक्टर पल्टदा एकको मृत्यु, ४ को अबस्था गम्भीर र १९ जना घाइते

हिमालीसंचार संवाददाता
१३५९ पटक

बैशाख २ शनिबार

रबिन्द्र बराल/मोरङ– मोरङको रंगेली विराटनगर सडक खण्ड अन्तर्गत रंगेली-४ स्थित आमतोला चोकमा ट्याक्टर पल्टदा- १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ग्रामथान गाउँपालिका ५ बस्ने ६५ बर्षकी बैशाखी चौधरीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पश्चिमबाट पुर्व आउदै गरेको प्रदेश १-०१-००१ त ९५५३ नम्बरको ट्याक्टर रंगेली तर्फ आउदै गर्दा अनियत्रित भइ ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टरमा २० जना सवार रहेका थिए। 

घाइते हुनेमा ग्रामथान ५ बस्ने ६२ बर्षका दुखिया चौधरी, २६ बर्षका अनिल माझी, टेक नारायण माझी, सुनिल चौधरी ५० बर्षका टिकाराम माझी ६५ बर्षका मधुराम माझी २५ बर्षकी रिता कुमारी माझी ५ बप्षीय रितेश माझी ३५ बर्षका रिता चौधरी, ४३ बर्षका अनुलाल माझी, ४२ बर्षका पुरनसरी चौधरी, ३५ बर्षकी सुनिता भगत १० बर्षीय बिकेस भगत, २० बर्षकी रंगेलीका जानकी कुमारी माझी, रंगेलीका सुनवर्ती चौधरी, ३ बर्षका जितनी चौधरी, ३ बर्षका रायन चौधरी र ४० बर्षका किन्ति चौधरी धाईते भएको रंगेली प्रहरीले जनाएको छ।  

दुर्घटनामा घाइतेहरुमघ्ये रंगेली अस्पतालमा ४ जनाको उपचार भईरहेको र १३ जनालाई थप उपचारका लागि विराटनगर अस्पताल रिफर गरिएको रंगेली अस्पतालले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...