News Portal

मोरङमा ट्याक्टर पल्टदा एकको मृत्यु, ४ को अबस्था गम्भीर र १९ जना घाइते

हिमालीसंचार संवाददाता
१४०२ पटक

बैशाख २ शनिबार

रबिन्द्र बराल/मोरङ– मोरङको रंगेली विराटनगर सडक खण्ड अन्तर्गत रंगेली-४ स्थित आमतोला चोकमा ट्याक्टर पल्टदा- १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ग्रामथान गाउँपालिका ५ बस्ने ६५ बर्षकी बैशाखी चौधरीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पश्चिमबाट पुर्व आउदै गरेको प्रदेश १-०१-००१ त ९५५३ नम्बरको ट्याक्टर रंगेली तर्फ आउदै गर्दा अनियत्रित भइ ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टरमा २० जना सवार रहेका थिए। 

घाइते हुनेमा ग्रामथान ५ बस्ने ६२ बर्षका दुखिया चौधरी, २६ बर्षका अनिल माझी, टेक नारायण माझी, सुनिल चौधरी ५० बर्षका टिकाराम माझी ६५ बर्षका मधुराम माझी २५ बर्षकी रिता कुमारी माझी ५ बप्षीय रितेश माझी ३५ बर्षका रिता चौधरी, ४३ बर्षका अनुलाल माझी, ४२ बर्षका पुरनसरी चौधरी, ३५ बर्षकी सुनिता भगत १० बर्षीय बिकेस भगत, २० बर्षकी रंगेलीका जानकी कुमारी माझी, रंगेलीका सुनवर्ती चौधरी, ३ बर्षका जितनी चौधरी, ३ बर्षका रायन चौधरी र ४० बर्षका किन्ति चौधरी धाईते भएको रंगेली प्रहरीले जनाएको छ।  

दुर्घटनामा घाइतेहरुमघ्ये रंगेली अस्पतालमा ४ जनाको उपचार भईरहेको र १३ जनालाई थप उपचारका लागि विराटनगर अस्पताल रिफर गरिएको रंगेली अस्पतालले जनाएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...