News Portal

  • नयाँ बर्षको शुभकामना- मगेन्द्र राई

    हिमालीसंचार संवाददाता
    २३० पटक

    लन्डन टावर ब्रीजमा उभिएर
    मुलघाटको पुल सम्झनु
    बगिरहेको थेम्स नदिलाई हेर्दै
    अरुण नदि को यादमा डुब्नु

    यो के पागलपन हो?

    ग्रीनविच पार्कमा
    साकुरा फक्रिरहेको बेला
    क्योटो गार्डेनमा
    टुलिप झुलिरहेको बेला
    मेरो गाउको घुर्यानमा
    आरु फुल्यो कि फुलेन?
    लेकबारीको डिलमा
    चाप फक्रियो कि फक्रिएन?

    कल्पनामा मस्त हुन्छु

    माघको जाडोले कक्रिएको
    मेरो टारबारीको छातिभरि
    तोरिको फूलले बैस फेरिरहेको होला
    हिउको घुम्टो ओढेर
    लजाई रहेकि मकालुको सिउदोमा
    बिहानीको घामले
    सिन्दुर छरिरहेको होला

    मलाई थाहा छ,

    हिले भन्ज्याङ बाट
    उधै उधो बाटो लागेका
    एक हुल अल्लारे बतास
    तल चौतारीको बर पिपललाई
    खुब जिस्काई रहेको हुनुपर्छ
    ति फिर्फिराई रहेका
    पिपलका पातहरुले बोलाईरहदा
    नयाँ बर्ष टुप्लुक्क आईपुगेको हुनुपर्छ !!

    सम्पूर्ण मनहरु प्रति नयाँ बर्षको शुभकामना !!

    मगेन्द्र राई
    भोजपुर, हाल; बेलायत

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...