News Portal

  • जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न

    हिमालीसंचार संवाददाता
    २२५ पटक

    गजेन्द्र खालिङ राई/दोहा – नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न गरिएको छ। मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा मञ्चले बुधबार साझ इफ्तार कार्यक्रम सम्पन्न गरेको हो ।

    आयोजित कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष आरके शर्माले नेपाल आफैमा बहुजातीय र बहुभाषी समुदाय मिलेर बसेको देश भएकाले सबैले एक अर्काको धर्म र सस्कारको सम्मान गर्दे आएको बताए। प्रवासमा रहेर पनि आफ्नो देशको धर्म र सस्कृतिको जगेर्ना गर्दै आपसी भाइचारा स्थापित गर्न गरिने कार्यक्रमले नेपाली बिचमा आत्मीयता बढाउने उनको धारणा थियो 

    संघका उपाध्यक्ष शर्माले रोजगारीको लागि विदेश जानै पर्ने बाध्यतालाई तोडन राज्यले जलविद्युत उत्पादनमा जोड दिनुपर्ने बताए। विश्व बजारमा पेट्रोलियम पदार्थको विकल्पमा विद्युतको ब्यापक प्रयोग भइरहेको भन्दै नेपालले पनि खेर गइरहेका खोलानालाबाट जलविद्युत उत्पादन गर्नुपर्ने उनको सुझाव रहेको थियो । 

    उपाध्यक्ष शर्माले गैरआवासीय नेपाली संघको निरन्तर प्रयासले वैदेशिक रोजगारीमा रहेकालाई आइपियोमा प्राथमिकता साथै सरकारले सामाजिक सुरक्षा कोष शुरु गरेकोले त्यसको सदुपयोग गर्न अनुरोध गरे । रोजा राख्नुको अर्थ र रमजान महिनाको महत्त्वबारे नेपाली जनप्रगतिशिल मञ्च कतारका सल्लाहकार प्रोसेर रमजान मियाले जानकारी दिए। 

    आयोजित कार्यक्रममा दोहामा स्थापित सम्पूर्ण संघ सस्थाको प्रतिनिधित्व गर्दे गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले शुभकामना मन्तव्य राखेका थिए। सो अवसरमा इस्लाम धर्म गुरुहरु इसहाक नदवी, अख्तर गफुर अमद, सफिजान नदवीले इस्लाम धर्मको बारेमा विशेष जानकारी दिए। 

    आयोजित कार्यक्रममा नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष बुद्धिप्रसाद भण्डारीले आफ्नो पार्टी सदैव सबै जात जाति र धर्मको सम्मान गर्दै उनीहरुको अधिकारको लागि लडेर आएकोले नै गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी सहभागीता सम्भव भएको दिकिर गरे । 

    दोहामा गठीत विभिन्न सामाजिक संघसस्थाको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा मञ्चका उपाध्यक्ष एवं मधेस तथा मुस्लिम विभाग प्रमुख सद्दाम हुसेनले स्वागत मन्तव्य राखेका थिए भने महासचिव महामुद कार्कीले कार्यक्रम संचालन गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...