News Portal

“खाडी छिरेको मान्छे म” कविता

हिमाली संचार संवाददाता
७४५ पटक

– प्रीति अर्याल

उल्लासकाे मुस्कानले
सर्लक्क मेरो गाउँ
सजिएको तस्बिर
अाँखामा नाचिरहेछ
बिगत बनेर
वियोगकाे कारुणिक
बेदनाले छट्पटीन्छ मुटु
बिरानो परदेशमा

अभावकाे गरुँगो
पहाडले थिचे पछि
सिन्दुर लत्पतिएकाे
मलिनाे तिम्रो मुहार
दैलाेमा छाेडेर
एउटा नयाँ टाेपी
एउटा नयाँ धाेति
अाँखिझ्याल तिम्रो चाैबन्दी
अनि ,केही
खुशीका अाकाक्षाहरु
किनेर ल्याउने
चाहाना मुटु भरि सजाउदै
हवाई जहाज चढेर
खाडी छिरेको मान्छे म

बन्धकमा राखेको
अामाकाे एक जाेडि टप
बारिकाे एक पाटा
एक हल गाेरु
बाेडिङ्काे न्यानाे स्पर्श
सन्तानकाे सुनाैलाे भबिस्य
चारै तिरबाट घामका किरण
अाेछ्यानसम्म अाउने
ती भित्ताका चाेया
रङ्गाउने झिनो यथार्थ
थाती राखेर
काेमल तिम्रो ह्दयमा
जीबनकाे एक अंश छाेडेर
हवाई जहाज चडेर
खाडी छिरेको मान्छे म

कहिलेकाही लाग्छ
कमाउनु भन्दा
धेरै गुमाए छु
फक्र्दै , फुल्दै गरेको बैँस
प्रणयका सुगन्ध
ताते ताते गर्दै गरेका सन्तति
अनि
ताेते बाेलि बाेल्दै गरेका
सन्ततिका ह्दयस्पर्शि
साङ्गीतिक तरङ्गहरु…………… ………..?

प्रीति अर्याल
काठमाडौं

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...