News Portal

पूर्वको आकाशतिर फर्केर हेर- गोपाल किराँती

हिमालीसंचार संवाददाता
३९४ पटक

पूर्वको आकाशतिर फर्केर हेर
चम्किलो तारा उदाउन खोज्दैछ!
पश्चिमबाट पृथ्वी पूर्वतिर दौडन्छ रे
प्रति सेकेण्ड पृथ्वी!!

तीस किलोमिटरको गतिमा दौडन्छ रे
सात सालमा पृथ्वी पूर्वबाट पश्चिम दौडेथ्यो!
बाउन्न सालमा पश्चिमबाट पूर्वतर्फ दौड्यो
अब पूर्वबाट पश्चिमतिर दौडने हो त?

सूर्यको प्रकाश एक सेकेण्डमा
तीन लाख किलोमिटर दौडन्छ रे!
मानिसहरु भन्छन-
‘पृथ्वीको गतिमा हुँदै होइन!!

आवाजको गतिमा पनि होइन
अबको दौड प्रकाशको गतिमा हुनुपर्छ!”
पूर्वमा के त्यसरी दौडने ऊर्जा होला?
नभए पनि खोज्नै पर्छ!!

चम्केका तारालाई मर्न दिने छुट कसैलाई छैन।
अलबर्ट आइन्स्टाईनलाई सोधौं!
स्टेफन हकिङलाई सोधौं
धेरै नै पर जाने हो भने!!

युमासाम र थेबासामलाई सोधौं
सुम्निमा-पारुहाङलाई सोधौं!
के धर्तीका सन्तानसित त्यस्तो ऊर्जा नहोला त?
ग्रेट सेपियन्स बुद्वले जवाफ दिनेछन!!

यहाँ दु:ख छ, दु:खको कारण छ
र त्यसको निवारण पनि छ!
अंज्रेजीमा भन्लान-
हरेक घटनाको थेसिस अनि एन्टि थेसिस हुन्छ!
त्यसो हो भने जनविरोधी कोशी प्रदेशको
एन्टि थेसिस अवश्य पनि छ!!

हो, पूर्वको आकाशमा उदाउँदै गरेको
चम्किलो ताराको खोज त्यही एन्टि थेसिस हुनेछ!
“अजम्बरी गाउँ” उपन्यास पढ्नेलाई थाहा छ
त्यो एन्टि थेसिस कोङ्होवा र बाना गाउँको!!

जनएकताको जुझारु संकल्प नै हुनुपर्छ
जो, महान प्रतिरोध संघर्षको गाथा हो।
अजम्बरी गाउँ
अनुवादक खगेन्द्र संग्रौलालाई सोधे हुन्छ!!

जसले, खण्डित भियतनामलाई एकीकृत गर्यो
साम्राज्यवादी हत्यारा अमेरिकी सेना!
जसको, लाखौंको चिहान खन्यो
दोस्रो विश्वयुद्वपछिको एक महान जनयुद्व!!

जसले, देशभक्त जनप्रतिरोध क्रान्तिको
महान दिग्दर्शन गरायो
अनि पूर्वका आदिवासी तथा प्रगतिशीलहरु?

गोपाल किराँती

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...