News Portal

कुवेतका ३ किराँती संस्थाले संयुक्त रुपमा उभौली मनाउने

हिमालीसंचार संवाददाता
५६१ पटक

कुवेत“भाषा, संस्कार, सस्कृतीको संरक्षण, किरातिहरुको साझा अभियान” भन्ने मुल नाराका साथ सबै किरातिहरु एकताको सुत्र भित्र बाधिनु पर्छ भन्ने मान्याताका साथ एउटा उदाहरणको रुपमा बिगत ६ बर्ष यतादेखि कुवेतमा कृयासिल तीन संस्थाहरु,किराँत राई यायोक्खा कुवेत, किराँत याक्थुङ चुम्लुङ कुवेत, सुनुवार सेवा समाज कुवेतद्वारा संयुक्तरुपमा किरातिहरुको महान चाड उभौलि साकेला, यक्वा तङ्नाम, रापवा श्यादर पिदर येले दोङ्, येले तङ्बे, येले थोचे, ५०८३ को उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा उभौली कार्यक्रम मनाउने छ।

कुवेतलाई कर्मथलो बनाएर बसोबास गर्नुहुने किराँती, गैर किराँती नेपाली दाजुभाई तथा दिदीबहिनी कुवेतमा कृयाशिल संघ सस्थालाई प्रतिनिधित्व गर्नुहुने सस्थाका अध्यक्ष/ प्रतिनिधि पत्रकार, कुवेतका बुद्धिजीवी, समाजसेवी खेलाडी, कलाकार सबैमा उपस्थिति भई कार्यक्रमको शोभा बढाई दिन हुनको लागि संयुक्त ३ किराँती संस्थाहरु हार्दिक अनुरोध गर्दछ। साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिनुहुन समेत आयोजक संस्था हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम हुने स्थान समय मिति:-

स्थान – मेमोराइज हल, मंगाफ-४ ईसारा २४, घर न.१२
मिति – ५ मे २०२३
समय – बिहान १० बजे

आयोजक:-
किराँत राई यायोक्खा कुवेत
किराँत याक्थुङ चुम्लुङ कुवेत
सुनुवार सेवा समाज कुवेत

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...