News Portal

भारतको आजमगढमा भएको दुर्घट्नामा एकै परिवारका चार नेपालीको मृत्यु

माधव ढुंगाना
८२६ पटक

भैरहवा : भारतको आजमगढ जिल्लास्थित जिएननगरमा सोमबार बिहान भएको सडक दुर्घटना परी एकै परिवारका चार नेपालीको मृत्यु भएको छ । दुई जना घाइते छन् ।

रुपन्देहीको सिमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार, सुनौलीबाट अनटेष्टमा रहेको आर्टिका कार रिजर्व गरि तिर्थ गर्न बनारस गएका नेपाली सोमबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।दुर्घटनास्थल सुनौलीस्थित सिमादेखि १ सय ८० किमी दक्षिणमा पर्छ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–६ चावहिल सरस्वतीनगर निवासी ७५ वर्षीय गोरख श्रेष्ठ, उनका छोरा ४३ वर्षीय नविन श्रेष्ठ, बुहारी ३३ वर्षीया रमा श्रेष्ठ र भाइ नाता पर्ने ललितपुर ग्वार्को निवासी उपेन्द्रमान श्रेष्ठ छन्। गोरखकी श्रीमती शकुन्तला श्रेष्ठ र उपेन्द्रमानकी श्रीमती राम कुमारी श्रेष्ठ घाइते छन्।

भारत आजमगढ जिल्लाको जिएननगर भन्ने स्थानमा पुगेपछि सडकमा रोकिराखेको ट्रकमा पछाडीबाट ठक्कर दिंदा दुर्घटना भएको थियो। कार चालक निदाएको कारण रोकिरहेको ट्रकमा ठक्कर दिएको र सुनौली निवासी चालक पनि घाइते भएको प्रारम्भिक जानकारी आजमगढस्थित जिएननगर थानाले जानकारी दिएको इलाका प्रहरी कार्यालय बेलहियाले बतायो।

बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बीरबहादुर थापाका अनुसार काठमाडौंबाट आफन्त आएर शव र घाइतेलाई तीन वटा एम्बुलेन्समा मंगलबार बिहान नेपाल ल्याएका छन्। कान्तिपुर

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...