News Portal

भारतको आजमगढमा भएको दुर्घट्नामा एकै परिवारका चार नेपालीको मृत्यु

माधव ढुंगाना
८८१ पटक

भैरहवा : भारतको आजमगढ जिल्लास्थित जिएननगरमा सोमबार बिहान भएको सडक दुर्घटना परी एकै परिवारका चार नेपालीको मृत्यु भएको छ । दुई जना घाइते छन् ।

रुपन्देहीको सिमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार, सुनौलीबाट अनटेष्टमा रहेको आर्टिका कार रिजर्व गरि तिर्थ गर्न बनारस गएका नेपाली सोमबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।दुर्घटनास्थल सुनौलीस्थित सिमादेखि १ सय ८० किमी दक्षिणमा पर्छ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–६ चावहिल सरस्वतीनगर निवासी ७५ वर्षीय गोरख श्रेष्ठ, उनका छोरा ४३ वर्षीय नविन श्रेष्ठ, बुहारी ३३ वर्षीया रमा श्रेष्ठ र भाइ नाता पर्ने ललितपुर ग्वार्को निवासी उपेन्द्रमान श्रेष्ठ छन्। गोरखकी श्रीमती शकुन्तला श्रेष्ठ र उपेन्द्रमानकी श्रीमती राम कुमारी श्रेष्ठ घाइते छन्।

भारत आजमगढ जिल्लाको जिएननगर भन्ने स्थानमा पुगेपछि सडकमा रोकिराखेको ट्रकमा पछाडीबाट ठक्कर दिंदा दुर्घटना भएको थियो। कार चालक निदाएको कारण रोकिरहेको ट्रकमा ठक्कर दिएको र सुनौली निवासी चालक पनि घाइते भएको प्रारम्भिक जानकारी आजमगढस्थित जिएननगर थानाले जानकारी दिएको इलाका प्रहरी कार्यालय बेलहियाले बतायो।

बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बीरबहादुर थापाका अनुसार काठमाडौंबाट आफन्त आएर शव र घाइतेलाई तीन वटा एम्बुलेन्समा मंगलबार बिहान नेपाल ल्याएका छन्। कान्तिपुर

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...