News Portal

पत्रकार महासंघको ६८औं स्थापना दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३६१ पटक

सन्जिब कोयी/धरान – “प्रेस स्वतन्त्रताको आधार; सुरक्षित र व्यवसायिक पत्रकार” भन्ने मुल नाराका साथमा नेपाल पत्रकार महासंघ सुनसरी शाखाले धरान उपमहानगरपालिका धरानको प्रवेशद्वारदेखि धरानको मुख्य बजार क्षेत्र भानुचोकसम्म पदैल यात्रा गरेर प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ।

धरानमा आज बिहिवार विहान ७ बजे उपमहानगरपालिकाको कार्यालय अगाडी भेला भएर छाताचोक हुदै भानुचोकसम्म पैदल यात्रा गरेर भानुचोकमा एक कोणसभा कार्यक्रमको आयोजना गर्दै प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको हो। कोणसभामा वरिष्ठ पत्रकार हर्ष सुब्बा र भीम ज्वालाले आफ्नो धारणा राखेका थिए। 

भानुचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार हर्ष सुब्बाले “पहिले पत्रकारहरुलाई भौतिक आक्रमणको विरुद्ध आन्दोलित हुनुपर्थ्यो तर अहिले बौद्धिक आक्रमण विरुद्ध एकजुट हुनुपर्ने अबस्था आएको बताए।” त्यस्तै, अर्का बक्ता भीम ज्वालाले पत्रकारहरुले चुनौतिलाई उर्जाको रुपमा लिनु पर्ने धारणा राखेका थिए। 

नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठको नेतृत्वमा आयोजित प्रभातफेरी पदयात्रामा सुनसरी महासंघका पूर्वअध्यक्षहरु हर्ष सुब्बा, आनन्द श्रेष्ठ, राजेश विद्रोही, केशव घिमिरे लगायतको उपस्तिथि रहेको थियो।

त्यस्तै, पत्रकारहरु महेश श्रेष्ठ, भीम ज्वाला राई, लक्ष्मण थापा, सागर सिञ्जाली, मनिता चाम्लिङ, गोविन्द बस्नेत, भरतराज शर्मा (गोपाल) स्नेहा श्रेष्ठ, निशा राई, वसन्त बान्तवा, केदार बस्नेत नवराज विष्ट, दिपेश राई र सन्जीव राईको उपस्थिति रहेको थियो।

प्रभातफेरी कार्यक्रममा स्थानीय जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका नेतृत्वले समेत ऐक्यबद्धता जनाएका थिए। धरान वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्ले, धरान वडा नं.१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई, कार्यपालिका सदस्य अनुप देवान, नेपाली कांग्रेसका नेता श्याम पोखरेल, जसपाका नेता ताजुब लिम्बु र एमाले नेता नारायण सुवेदीको समेत उपस्थिति रहेको थियो। 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...