आज : २०२६-०८-१८, मङ्गलबार

सल्यानको वर्ल्ड लिंकको टावरमा तोडफोड, आधा दर्जन बढी जिल्लामा इन्टरनेट सेवा प्रभावित !

शंकर केसी/सल्यान : सल्यानको कपुरकोटस्थित वर्ल्ड लिंक कम्युनिकेशनको टावरमा तोडफोड र चोरी भएको छ । अज्ञात समूहले कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलाबारिको रिपिटर टावरमा तोडफोड गरी महत्वपूर्ण सामान चोरी गरेको वर्ल्ड लिंकका सल्यान प्रतिनिधि शनत कुमार शर्माले जानकारी दिए ।

अहिले सल्यान र त्यस आसपासका  जिल्लाहरुमा इन्टरनेट सेवा प्रभावित भएको छ ।

चाडबाड मान्न सुरक्षा गार्ड घर गएको बेला टावर भित्र छिर्ने ढोका फोडेर रेडियो उपकरणहरु चोरी भएको शर्माले बताए ।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । के कति सामान चोरी र क्षति भयो भन्ने जानकारी लिन तथा इन्टरनेट सेवा शुरु गर्नका लागि वर्ल्ड लिंकको प्राविधिक टोलि कपुरकोट आउन लागेको छ ।