News Portal

सभामुखले पत्रकार महासंघसँग भने- दुर्घटनावश गरेको त्यस्तो टिप्पणी फिर्ता लिएँ

हिमालीसंचार संवाददाता
२५९ पटक

काठमाडौं। सभामुख देवराज घिमिरेले नेपाल पत्रकार महासंघका अध्यक्षसहित पदाधिकारीहरूलाई भेटेर यसअघि आफूले पत्रकारहरूबारे दिएको टिप्पणी फिर्ता लिएको बताएका छन्।

सभामुख घिमिरेले सोमबार महासंघ अध्यक्ष विपुल पोखरेलसहितलाई भेटेर यसअघि दुर्घटनावश गरिएको टिप्पणी फिर्ता लिएको बताए।

गत चैत ३ गते पत्रकार महासंघका पदाधिकारीहरूको भेटमा सभामुख घिमिरेले ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि महासंघले विज्ञप्ति निकालेर उक्त टिप्पणी फिर्ता लिनुपर्ने नभए दवावमुलक कार्यक्रम गर्ने चेतावनी दिएको थियो।

सभामुख घिमिरेले महासंघ पदाधिकारीहरूसँग सोमबार आफूले नियतवश र पत्रकारलाई चोट पुर्‍याउने उद्देश्यले त्यसदिन त्यो टिप्पणी नगरेको बताएका थिए।

‘मेरो टिप्पणी त्यस्तो खालको नियतसहित थिएन। चोट पुर्‍याउने हिसावले भनेको पनि होइन। त्यसलाई एउटा दुर्घटनाजस्तो रूपमा मात्रै लिइदिनुपर्‍यो भन्ने सभामुखको भनाइ रह्यो,’ महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले भने, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा मेरो प्रतिबद्धता आगामी दिन र व्यवहारमा पनि देखिन्छ। मैले अपमानित गर्न खोजेको होइन भनेर उहाँले भन्नुभएको छ।’

महासंघले सभामुख घिमिरेलाई आगामी दिनमा व्यवहार हेर्ने र अहिलेका लागि विवाद रोकिएको प्रतिक्रिया दिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...