News Portal

सभामुखले पत्रकार महासंघसँग भने- दुर्घटनावश गरेको त्यस्तो टिप्पणी फिर्ता लिएँ

हिमालीसंचार संवाददाता
२२९ पटक

काठमाडौं। सभामुख देवराज घिमिरेले नेपाल पत्रकार महासंघका अध्यक्षसहित पदाधिकारीहरूलाई भेटेर यसअघि आफूले पत्रकारहरूबारे दिएको टिप्पणी फिर्ता लिएको बताएका छन्।

सभामुख घिमिरेले सोमबार महासंघ अध्यक्ष विपुल पोखरेलसहितलाई भेटेर यसअघि दुर्घटनावश गरिएको टिप्पणी फिर्ता लिएको बताए।

गत चैत ३ गते पत्रकार महासंघका पदाधिकारीहरूको भेटमा सभामुख घिमिरेले ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि महासंघले विज्ञप्ति निकालेर उक्त टिप्पणी फिर्ता लिनुपर्ने नभए दवावमुलक कार्यक्रम गर्ने चेतावनी दिएको थियो।

सभामुख घिमिरेले महासंघ पदाधिकारीहरूसँग सोमबार आफूले नियतवश र पत्रकारलाई चोट पुर्‍याउने उद्देश्यले त्यसदिन त्यो टिप्पणी नगरेको बताएका थिए।

‘मेरो टिप्पणी त्यस्तो खालको नियतसहित थिएन। चोट पुर्‍याउने हिसावले भनेको पनि होइन। त्यसलाई एउटा दुर्घटनाजस्तो रूपमा मात्रै लिइदिनुपर्‍यो भन्ने सभामुखको भनाइ रह्यो,’ महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले भने, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा मेरो प्रतिबद्धता आगामी दिन र व्यवहारमा पनि देखिन्छ। मैले अपमानित गर्न खोजेको होइन भनेर उहाँले भन्नुभएको छ।’

महासंघले सभामुख घिमिरेलाई आगामी दिनमा व्यवहार हेर्ने र अहिलेका लागि विवाद रोकिएको प्रतिक्रिया दिएको थियो।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...