News Portal

शक्तिको आडमा रविलाई उन्मुक्ति दिएको भन्दै अख्तियारमा उजुरी

हिमालीसंचार संवाददाता
२३० पटक

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई राहदानी मुद्दामा शक्तिका आडमा उन्मुक्ति दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

रविको नागरिकता र राहदानीबारे गृह मन्त्रालय हुँदै सर्वोच्च अदालतसम्म पुगेका युवराज सफलले जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।

उनले अख्तियार दुरुपयोग गरी आरोपितलाई उन्मुक्ति दिएको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै आइतबार उजुरी दर्ता गरिएको जानकारी दिए।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले लिने विश्वासको मतका लागि रविको पासपोर्ट दुरुपयोग मुद्दामा सफाइ दिइएको आरोप लगाएका छन्।

अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता जोगाउनकै लागि सरकारवादी मुद्दाबाट सफाइ दिने गरी महान्यायधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने पनि उनले बताएका छन्।

विज्ञप्ति जारी गर्दै उनले अदालती परीक्षण नगरी उन्मुक्ति दिएकाले आफू पुन: रिट लिएर सर्वोच्च जाने बताएका छन्।

प्रतिकृया दिनुहोस्

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...