News Portal

एनआरएनए युएई खेलकूद विभागद्वारा प्रथम भलिबल कप प्रतियोगिता हुने

प्रथम पुरस्कार नगद रु. २ लाख ७९ हजार!

हिमालीसंचार संवाददाता
८५३ पटक

युएई – गैरआवासीय नेपाली संघ युएईले सामाजिक कार्य सगैँ स्वास्थ्य नै धन हो भन्ने सामाजिक जनचेतना स्वरुप प्रथम भलिवल प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगिताका विजेता प्रथम, द्धितिय र तृतीय हुने टिमलाई आकर्षक पुरस्कार प्रदान गरिने भएको छ। आगामी अप्रिल २ गते आइतबार युएईको अल्कोजको बलेदिया भलिबल क्याम्पको भलिवल ग्राउण्डमा उक्त प्रतियोगितामा हुन् लागेको हो। 

गैरआवासीय नेपाली संघ खेलकूद संयोजक भीम मल्ल ठकुरीले दिएको जानकारी अनुसार विजेता प्रथम टिमलाई क्रमश युएई दिराम नगद ७,७७७/-  द्वीतीय ४,४४४/- र तृतीय २,२२२/- कप, प्रमाण-पत्र र मेडल प्रदान गरिने समेत जानकारी दिए। 

गैरआवसीय नेपाली संघ युएईको खेलकूद संयोजकको भुमिका निर्वाह गरेका सामाजिक अभियन्ता खेलप्रेमी आठौं र नवौ राष्ट्रिय खेलमा गैरआवासीय नेपाली संघ, स्पोर्ट्स एकेडेमीका  म्यानेजमेन्ट प्रमुख एवम् खेल संयोजकको महत्वपूर्ण भुमिका निर्वाह गरेका संघका मध्यपुर्व संयोजक मनोज गोर्खाली र संरक्षक रमेश श्रेष्ठ, राष्ट्रिय समन्वय समिति युएईका अध्यक्ष ठाकुर ढुंगानालगायत सम्पूर्ण टिमको महत्वपूर्ण भूमिका रहेको समेत जानकारी दिए। 

युएईमा रहेको सामाजिक संघ संस्था, विभिन्न क्लब लगायत खेलाडीहरुलाई उक्त खेलमा सहभागिता जनाई दिन खेल संयोजक ठकुरीले अनुरोध गरेका छन्। 


प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...