News Portal

एलाइनेट फिटनेश क्लबको आयोजनमा “चौथो मिस्टर कोशी” हुने, आवश्यक तयारी पुरा (भिडियो सहित)

एलाईनेट जिमको २०औं प्रस्तुति!

विकास चाम्लिङ राई
२८८ पटक

विकास चाम्लिङ राई/धरान – “स्वस्थ्य जीवन, सुन्दर भविष्य, हरेक युवाको सपना, नियमित व्यायाम, स्वच्छ समाज, एलाईनेट जिमको चाहाना” भन्ने मुल नाराका साथमा एलाइनेट जिमको आयोजनामा आगामी चैत्र ३ र ४ गते हुन लागेको चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी पुरा भएको छ ।

प्रतियोगितामा साविकको कोशी अञ्चलका जिल्लाहरुबाट करिव ५० जना खेलाडिहरुले सहभागिता जनाउने आयोजकले वुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराए । प्रतियोगिताका विजेताले नगद १ लाख १० हजार र ५० हजार वरावरको फिटनेस गिफ्ट ह्यम्पर, दोस्रोले नगद ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार, पाचौले २० हजार र छैठौले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

त्यस्तै, व्यक्तिगत विद्यातर्फ वेस्ट पोजर, मोस्ट इम्पु्रभमेन्ट वडि, मस्कुलर मेन र वेस्ट टिम क्लवको उपाधि विजेताले जनही नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । चैत्र ३ गते प्रतियोगिताको प्रि–जजिङ्ग राउण्ड हुने र ४ गते प्रि–जजिङ्गबाट छनौट भएकाहरुले प्रतिस्पर्धी गर्ने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वुले जानकारी गराए । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ८० केजी तौल समुह रहेको छ । प्रि–जजिङ्ग मार्फत प्रत्येक तौल समुहबाट ६ जना खेलाडि फाइनल राउण्डमा प्रवेश गर्दै प्रतिस्पर्धा गर्नेछ ।

चौथो मिस्टर कोशी एलाइनेट जिमको २०औ प्रस्तुति हो । यस अघि एलाइनेटले चार वटा राष्ट्रिय, ७ वटा मिस्टर पूर्वाञ्चल, ३ वटा मिस्टर कोशी, ४ वटा मिस्टर धरान र १ वेन्चप्रेस च्याम्पियशिप आयोजना गरिसकेको छ । 

एलाइनेट जिमको आयोजनामा विस २०६५, २०६६ र २०६७ सालमा मिस्टर कोशीको आयोजना भइसकेको छ । र, विस ०६५ र ०६६ सालमा उर्लावारीको विकास धिमाल र ०६७ सालमा धरानको मिलन चाम्लिङले उपाधि जितेका थिए । प्रतियोगिता धरान-८ स्थित धरान सभागृहमा हुने भनिएता पनि प्राविधिक कारणले धरान १३ स्थित अमर सेवा समाजको हलमा हुने भएको समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...