News Portal

  • मोरङको सुनवर्षी नगरमा विज्ञान प्रदर्शनी तथा शैक्षिक मेला सम्पन्न

    हिमालीसंचार संवाददाता
    २०३ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिकामा नगर स्तरीय विज्ञान प्रर्दशनी तथा शैक्षिक मेला आयोजना गरिएको छ।

    नगर भित्र रहेका सामुदायिक तथा नीजि बिधालयलाई एउटै स्थानमा राखेर एक दिने विज्ञान प्रर्दशनी तथा शैक्षिक मेला लगाएको छ । सुनर्षी नगरपालिका ४ स्थित काली माध्यमिक बिधालयको प्रागनमा उक्त कार्यक्रमको आयोजना गरेको थियो।

    अन्तर बिधालय प्रतियोगितात्मकमा नीजि तथा सामुदायिक गरि १६ वटा बिधालयहरुको सहभागिता रहेको थियो । प्रदर्शनीमा बिधार्थीहरुले तरकारी खेती, पार्क, मिसाईल बम, आलु, काक्राबाट बिधुत उत्पादन हेलिकप्टर लगायत सामाग्रीहरु बनाएर प्रदर्शनमा राखेका थिए । 

    कार्यक्रमको प्रमुख अतिथि श्याम राजवंशी, उपमेयर मिरादेवि दास, प्रशासन अधिकृत रुद्रप्रसाद दुलाल, शिक्षा शाखा प्रमुख  हरीप्रसाद कट्टेल, स्थानीय वीरवहादुर राई, विनोदकुमार राजवंशी, छेदिया यादव, विभिन्न बिधालयका प्रिन्सिपल सनराईज बोर्डिङका प्रिन्सिपल जितेन्द्र कुमार दास, लगायतले प्रदर्शनी सहभागीहरु मध्ये प्रथम, द्वतिय र तृतियहुनेहरुलाई सिल्ड, मेडल, प्रमाणपत्र तथा नगद समेत बितरण गरेको शिक्षा शाख प्रमुख हरीप्रसाद कट्टेलले बताए । 

    शिक्षा युवा खेलकुद शाखा आयोजना तथा काली माध्यमिक बिधालय, सनराईज सेकेण्डरी बोर्डिङ स्कुल बम काली केवरत समाजको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो। अबलोकन टकुवा, बटरवारी, कासिजान लगायत  सर्वसाधारणहरुको उल्लेख्य सहभागीता समेत रहेको थियो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...