News Portal

मोरङको सुनवर्षी नगरमा विज्ञान प्रदर्शनी तथा शैक्षिक मेला सम्पन्न

हिमालीसंचार संवाददाता
२३१ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिकामा नगर स्तरीय विज्ञान प्रर्दशनी तथा शैक्षिक मेला आयोजना गरिएको छ।

नगर भित्र रहेका सामुदायिक तथा नीजि बिधालयलाई एउटै स्थानमा राखेर एक दिने विज्ञान प्रर्दशनी तथा शैक्षिक मेला लगाएको छ । सुनर्षी नगरपालिका ४ स्थित काली माध्यमिक बिधालयको प्रागनमा उक्त कार्यक्रमको आयोजना गरेको थियो।

अन्तर बिधालय प्रतियोगितात्मकमा नीजि तथा सामुदायिक गरि १६ वटा बिधालयहरुको सहभागिता रहेको थियो । प्रदर्शनीमा बिधार्थीहरुले तरकारी खेती, पार्क, मिसाईल बम, आलु, काक्राबाट बिधुत उत्पादन हेलिकप्टर लगायत सामाग्रीहरु बनाएर प्रदर्शनमा राखेका थिए । 

कार्यक्रमको प्रमुख अतिथि श्याम राजवंशी, उपमेयर मिरादेवि दास, प्रशासन अधिकृत रुद्रप्रसाद दुलाल, शिक्षा शाखा प्रमुख  हरीप्रसाद कट्टेल, स्थानीय वीरवहादुर राई, विनोदकुमार राजवंशी, छेदिया यादव, विभिन्न बिधालयका प्रिन्सिपल सनराईज बोर्डिङका प्रिन्सिपल जितेन्द्र कुमार दास, लगायतले प्रदर्शनी सहभागीहरु मध्ये प्रथम, द्वतिय र तृतियहुनेहरुलाई सिल्ड, मेडल, प्रमाणपत्र तथा नगद समेत बितरण गरेको शिक्षा शाख प्रमुख हरीप्रसाद कट्टेलले बताए । 

शिक्षा युवा खेलकुद शाखा आयोजना तथा काली माध्यमिक बिधालय, सनराईज सेकेण्डरी बोर्डिङ स्कुल बम काली केवरत समाजको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो। अबलोकन टकुवा, बटरवारी, कासिजान लगायत  सर्वसाधारणहरुको उल्लेख्य सहभागीता समेत रहेको थियो। 

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...