News Portal

मोरङको रंगेली नगरपालिकाले सार्वजनिक सुनवाई गऱ्यो

हिमालीसंचार संवाददाता
२४० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले सार्वजनिक सुनवाइ गरेको छ। रंगेली ७ स्थित नवनिर्मित तिरुपति बालाजीको सभाहलमा सार्वजनिक सुनवाइ गरेको हो ।

आयोजित कार्यक्रममा सहभागीहरुले वडाकार्यलयले दिने सेवा सुविधा र सेवा लिदा  भोक्नु पर्ने समस्या अस्पतालमा स्वास्थ्य बिमाको औषधि प्रयाप्त मात्रामा नपाउनु खानेपानीको समस्या, सडक पेटिको अतिक्रम छाडा चौपायाले दिनदिनै दुर्धटना गराउनु खोला नाला कटान कृषकले पाउदै आएको रासायनिक मलको समस्या भुसिया कुकुरको बिगबिगी चन्डिका डिस्टिलरीको धुवाको समस्या अस्पताल तथा सार्वजनिक स्थालहरुमा सेवा लिन आउदन नागरिकले वडापत्र नरहेको र वडा कार्यलयमा कर्मचारीहरु समयमै नआउने तथा र समय भन्दा चाडैं कार्यालय बन्द गरेर हिड्ने गरेको समेत जानकारी गराएका थिए। 

त्यसैगरी सहभागीहरुले रंगेली बजारमा सर्वसाधारणको आवतजावतमा कमि हुनु नगरभित्र दुई चार वटा उद्योग स्थापना गर्नुपर्ने लगायतका बिषयमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए।  

आयोजित कार्यक्रम रंगेली नगरपालिका मेयर दिलिप वगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत वडाअध्यक्ष, सदस्य, कर्मचारी, स्थानीय लगायतको सहभागीता रहेको थियो । स्थानीयले राखेका समस्यामा नगर प्रमुखले समस्याको सम्धान गर्ने आफू लागि पर्ने समेत जानकारी गराएका थिए ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...