News Portal

  • लिम्बु समुदायको मौलिक कथाबस्तुमा आधारित चलचित्र ‘युक्पुङ’को छायांकन सम्पन्न (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ३५४ पटक

    धरान – पुर्वी नेपालको लिम्बु समुदायको लिम्बु भाषा, संस्कार र सस्कृतिमा आधारित रहेर निर्माण गरिएको नेपाली कथानक  चलचित्र युक्पुङ (बस्ती) को छायांकन सकिएको छ।

    चलचित्रको बारेमा जानकारी दिन निर्माण टिमले हिजो मंगलबार धरानको बगरकोटमा पत्रकार सम्मेलनको आयोजना गरी  युक्पुङको बारेमा जानकारी दिएका हुन। निर्माण युनिटका केएमडि अर्गानिक ईन्टरटेन्मेन्ट प्रालीको ब्यानरमा नरकुमारी वानेमले (सेन्दाङ) ले निर्माण गरेको फिल्मका निर्देशक दिनेश माङ्मु हुन भने चलचित्रको पठकथा बिष्णु मोक्तान र मदन वानेमले लेखेको चलचित्रका मुख्य कलाकार तथा गायक कुशल थलङले जानकारी दिए । 

    लिम्बु समुदायको मौलिक कथा भन्ने युक्पुङले चलचित्रमा पारिवारिक दायित्ववहन गर्ने क्रममा आफ्नो यौवन अवस्थालाई तिलाञ्जली दिन पुगेकी पात्र हाङमतिको जीवनमा एउटा पुरुष पात्रको प्रवेशका कारण सिर्जित संघर्ष र अन्तरद्वन्द्वको प्रेम कथा रहेको थलङले जानकारी दिए । 

    पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभावले  हाम्रो जात, धर्म  र पहिचाननै लोप हुने अवस्थामा पुगेकले हामीले हाम्रै गाउघरको कथालाई दैनिकीलाई टपक्क टिपेर युक्पुङ (बस्ती) चलचित्रको पर्दामा उतारिएको थलङको दावी छ ।     

    कुल लागत ४५ लाखको लागतमा निर्माण गरिएको युक्पुङ पूर्वका रमणिय स्थलहरु तेह्रथुमको साभ्ला ,चोत्लुङ पार्क, धनकुटा र बसन्तपुरमा छायांकन गरिएको समेत निर्माण पक्षले जानकारी दिए । हाल पोस्टप्रोडक्सनको काम भैरहेको ‘युक्पुङ’  १ घण्टा ४० मिनेटको  रहेको निर्माण टिमले जानकारी समेतदिएको छ । 

    नरकुमारी वनेम, दिलु पाङ्मा लिम्बु र इन्दु लावतीको संयुक्त निर्माण रहको यस चलचित्रको सहनिर्मातामा तेज आङ्बुहाङ, पूष्पा वनेम, हिमाल लेछर्बो, ममता यक्सो र सुमन नेम्वाङ रहेका छन् । चलचित्रमा कमला सेन्दाङ, कुशल थलङ, कविता आले, यासेली योङ्हाङ, सागर केरुङ, हिमाल लेछर्बो, मिराक लिम्बूल, प्रेम ओझा, नुनाम केरुङ, कुमार ढकाल, डिबि थेगिम, मदन वनेम, सुलभ नेम्बाङ, टिआर सेनेहाङगायतले अभिनय गरेका छन् ।

    पत्रकार सम्मेलनमा उपस्थित अतिथिहरुले चलचित्रको सफलताको शुभकामना दिएका थिए। याक्थुङ चलचित्र सिनेकर्मी नवीन मेन्याङ्बो सफलताको शुभकामना दिदै नेपाली फिल्म ईन्ड्स्ट्रीजमा अर्को एक ईटा थप्ने अपेक्षा लिएका थिए । मेन्याङ्बोले हाम्रो गाउघरको, हाम्रै माटोको कथा बोल्ने चलचित्रले अरुको नक्कल नगरी आफनै जनजीवनको कथा व्यथा ल्याउन सके सफलताको शिढीमा चढ्न सकिने जिकीर गरे । 

    त्यस्तै, अर्का बक्त्ता नेपाल पत्रकार महासंघ  सुनसरीका अध्यक्ष जनकऋषि राईले  हिन्दी चलचित्रबाट  प्रभावित भएर दाजु-भाई झगडा गरेको चलचित्र मात्र पस्केर नेपाली चलचित्र नहुने भन्दै, हामी भित्र भएको, हाम्रा कथाहरु खोजेर, आफ्नै मौलिक कथामा  चलचित्र निर्माण गरे सफल हुने बताए । कलाकार तथा निर्देशक   प्रेम सुब्बाले नेपाली चलचित्र भारतीय चलचित्रबाट प्रभावित रहेको र मनोरञ्जनका लागि मात्र नभएर आफ्नो मौलिक संस्कार  र संस्कृति बचाउदै मौलिक चलचित्र निर्माण गरेमात्र हाम्रो समाज र संस्कारको उत्थान हुने समेत बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २१ गतेको राशिफल

    आज मंसिर २१, २०८२ (डिसेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...