News Portal

नेकपाका नेता बस्नेतलाई पत्र लेखेर आफ्नै कार्यकर्ताले काेशी पुलबाट हामफाले

७४४ पटक

उदयपुर : उदयपुर बेलका नगरपालिका ४ का ५२ वर्षीया ज्ञानेन्द्र आचार्यले सुसाई नोट लेखेर सप्तकोशी नदिमा हामफालेका छन् । नेकपाका गाउँ कमिटीका स्थानीय नेता गणेश बस्नेतलाई सम्वोधन गरेर सुसाइड नोट लेखेर उनले शनिबार चतरानजिक काेशी पुलबाट हाम फालेका हुन ।

इलाका प्रहरी कार्यलय रामपुरका प्रहरी निरीक्षक नविन सिंहका अनुसार आचार्यले शनिबार राति उदयपुरको वेलका नगरपालिका ८ स्थित कोशी पुलबाट हाम फालेका स्थानीयले देखेकाे बताए ।

बलाष्टखबरका अनुसार नेकपाका कार्यकर्ता समेत रहेका आचार्यले साविकको नेकपा एमालेका तत्कालीन गाउँ कमिटी अध्यक्ष बस्नेतलाई सम्बोधन गर्दै आफूले लामो समय पार्टीमा काम गरेर र आफूले संसार छाड्न बाध्य भएकाे लेखेका छन् । उनले आफू मरेर गए पनि पार्टीप्रतिको आस्था कहिल्यै नटुट्ने उल्लेख गरेकाे बताइएकाे छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...