News Portal

नेपाल कुवेत सांस्कृतिक मञ्चको १४ औं वार्षिकोत्सव तथा २१ औं सांस्कृतिक सांस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न

हिमालीसंचार संवाददाता
४४७ पटक

कुवेत– हाम्रो संस्कृति–हाम्रो पहिचान भन्ने मूल नाराका साथ स्थापना भएको कुवेतको सबै भन्दा पुरानो साँस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्च कुवेतको १४ औं वार्षिकोत्सव तथा २१ औं सांस्कृतिक कार्यक्रम जलिबस्थित पपिन्स हल अब्बासीयामा हिजो मिती १० मार्च २०२३ शुक्रवारका दिन सम्पन्न भएको छ।

मञ्चका अध्यक्ष गोबिन्द बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अतिथित्यता रहेको थियो भने एनआरएनए एनसिसी कुवेतका अध्यक्ष रण ध्वोज लामा, एनआरएन आईसिसी सदस्य हरी लावती ,पत्रकार महासँघ कुवेतका उपाध्यक्ष राज मल्ल ठकुरी, तथा प्रायोजक BEC एक्सचेन्जका प्रतिनिधी डम्बर गुरुङ बिशेष आतिथ्यता र कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था पत्रकारको अतिथ्यता रहेको थियो।

वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि महामहिम राजदूत भण्डारीले कुबेतमा छरिएर रहेका कला गला भएका दाजुभाई दिदीबहिनीलाई एकताको सुत्रमा बाँध्नु पर्छ यस्ता खाले काम कुराहरुमा नेपाली दूतावासको तर्फ सहयोग रहने बताए। यसैगरी एनआरएनए कुवेतका अध्यक्ष रण ध्वोज लामा, पत्रकार महासँघ कुवेतका उपाध्यक्ष राज मल्ल ठकुरी,BEC एक्सचेन्जका प्रतिनिधी डम्बर गुरुङले लगायतले शुभकामना मन्व्य दिएका थिए। भने मञ्चका बरिष्ठ संरक्षक:टिकाराम आचार्यले स्थापान काल देखी मञ्चले के कस्ता कामहरु गरे भन्ने बारे प्रस्ट पर्नु भएको थियो भने स्वागत मन्तब्य द्वारा उपस्थिति सम्पूर्ण लाई स्वागत गर्नु भएको थियो।                                                         विशेष योगदान गर्नु हुने मञ्चका प्रब्कता गोविन्द प्रसाद तिम्सिना,कलाकार नबिन श्रेष्ठ,संरक्षक:ध्रुबकुमार संग्रौला,र प्रायोजक BEC एक्सचेन्जका प्रतिनिधी डम्बर गुरुङ लाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि आफ्नो पहिचान र राष्टिय झल्काउने खालका गीत एकल नृत्य, सामुहिक नृत्य गरी झनै कार्यक्रम लाई सुगन्ध भर्ने काम मञ्चका कलाकारहरुको प्रस्तुती रहेको थियो।

कार्यक्रमका अन्त्यमा सभापति गोबिन्द बरालले प्रमुख अतिथि, विशेष अतिथि,अतिथि, उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै,भविष्यमा पनि नेपाल कुवेत साँस्कृतिक मन्चबाट आयोजना हुने हरेक गतिविधिहरुमा यसरी नै सहयोग रहने अपेक्षा राख्दै सभापतिले कार्यक्रम समापनको घोषणा गरेका थिए।  नेपाल कुवेत साँस्कृतिक मन्चले   सेप्टेम्बर १५ मा नेपालबाट अथिति कलाकार ल्याई तीज  विशेष कार्यक्रम बनाउने जानकारी   संस्थाका अध्यक्ष गोविन्द बरालले बताए। उक्त दिन कुवेतमा रहेका नेपाली संघ सस्था ब्यक्ति बिशेष कसैले पनि अर्को कार्यक्रम नपारिदिनु हुन्  समेत सबैमा अनुरोध गरेका छन ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...