News Portal

मार्च १७ मा हुने चितवन सेवा समाज कुवेतको तेस्रो अधिवेशनको तयारी पुरा

हिमालीसंचार संवाददाता
२७८ पटक

कुवेत सिटी। “हाम्रो प्यारो चितवन” भन्ने मूल नारा लिएर २०१६ गठन भएको समाज (चितवन सेवा समाज कुवेतको छैठौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन) आगामी मार्च १७ तारिख शुक्रबारका दिन कुबेतको फर्वानियास्थित शेफ नौशाद रेस्टुरेन्ट फर्वानिया हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएकाे बताइएको छ।

रोजगारिको शिलशिलामा कुवेतमा रहेका चितवनबासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको चितवन सेवा समाज कुवेतले आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

चितवन सेवा समाज कुवेतले स्थापनाकाल देखि नै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई, कहिले गाउँ समाजलाई भने, कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ।

चितवन सेवा समाज कुवेतले यो भन्दा पहिले पनि नेपालबाट कुवेतमा अतिथी कलाकार ल्याई भब्य सागितिक कार्यक्रम गरी कुबेतबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई भरपुर मनोरन्जन दिईसकेको छ।

उक्त दिनहुने कार्यक्रमा कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीलगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन्।

        कार्यक्रम हुने :-

मिति – १७ मार्च २०२३, शुक्रवार
स्थान – शेफ नौशाद रेस्टुरेन्ट फर्वानिया
समय – बिहान ११ बजे
आयोजक – चितवन सेवा समाज कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...