News Portal

  • नेपाल कुवेत साँस्कृतिक मञ्चको वार्षिकोत्सव तथा साँस्कृतिक कार्यक्रमकाे तयारी पुरा

    हिमालीसंचार संवाददाता
    ३१५ पटक

    कुवेत सिटी।“हाम्रो संस्कृति–हाम्रो पहिचान” भन्ने मुल नारा बोकेर २०६६ मा स्थापना भएको कुवेतको सबै भन्दा पुरानो साँस्कृतिक संस्था नेपाल कुवेत कुवेत साँस्कृतिक मञ्चको आफनो १४ औं बार्षिक उत्सव तथा २१ औं साँस्कृतिक कार्यक्रम आगामी मार्च १० तारिक२०२३ शुक्रबारको दिन कुवेत स्थित अब्बासियाको पपिन्स हलमा भव्यरुपमा मनाउने भएकाे छ।

    सांस्कृतिक मञ्चले बिगतका बर्षहरुमा कला तथा संस्कृति जोगाऊन रितिरिवाज र परम्परालाई यथास्थितिमा राख्न साथै आफ्नो स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्धरहदै कुवेतका नेपाली संघसंस्थाहरुसंग हातेमालो गर्दै आएको नेपाल कुवेत साँस्कृतिकमन्चको १४औं बार्षिकोत्सव तथा २१ औं साँस्कृतिक कार्यक्रमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति लाईभ दोहोरीका दोहोरि कार्यक्रम रहने छ।

    उक्त दिन कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपालीदाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु हुन आयोजकले अनुरोध गरेको छ।

    कार्यक्रमको विवरण

    मिति : मार्च १० तारिक २०२३ शुक्रबार

    समय: दिनको १ बजे

    स्थान : पपिन्स हल (अब्बासिया ब्लक ४, स्ट्रिट ५, युनाइट्ड इन्डियन स्कुलको नजिक)

    आयोजक : नेपाल कुवेत साँस्कृतिक मञ्च

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...