News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कुवेतमा शहिद लखन थापामगर गोल्ड कप १२ मे २०२३ मा हुने

    हिमालीसंचार संवाददाता
    १७४ पटक

    कुवेत। नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा कुवेतमा सन् २०१४ देखी सञ्चालन गरिएको शहिद लखन थापामगर रनिङ् शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्टको तेश्रो संस्करण आगामी १२ मे २०२३ का दिन सम्पन्न गरिने आयोजक नेपाल मगर सँघ शाखा कुवेतले जनाएको छ।

    कुवेतको नेपाली समुदायमा सन् २०१२ देखी कृयाशिल रहँदै आएको मगर सँघ कुवेतले लखन थापामगर गोल्ड कपको स्थापना गरि ०७ फेब्रुअरी २०१४ मा पहिलो संस्करण सम्पन्न गरेको थियो। जसमा S.D.F.C टिम बिजेता र आयोजक मगर सँघ कुवेत उपबिजेता बनेका थिए भने १३ मार्च २०१५ मा आयोजना गरिएको दोश्रो संस्करणमा अल्घानिम सेक्युरिटी टिम बिजेता र नेवा गुठी उपबिजेता बनेका थिए।

    यद्धपी, गोल्ड कपको दोश्रो संस्करण पश्चात विविध प्राविधिक कारण्हरुवश अनिश्चित कालसम्मको लागि स्थगित गरेको गोल्ड कपलाई मगर सँघ कुवेतले ७ बर्ष लामो बिश्राम पश्चात पुन. निरन्तरता दिने भएको हो।

    गत ०३ मार्च २०२३ शुक्रबारका दिन, कुवेतको फर्वानियास्थित गार्डेनमा अध्यक्ष बसन्त थापा मगरको अध्यक्षतामा बसेको १३१औं नियमित बैठकले शहिद लखन थापामगर गोल्ड कपलाई पुन सञ्चालनमा ल्याउने निर्णय गर्दै, कुवेतस्थित सम्पूर्ण नेपाली भलिवल टिमहरुलाई यस टुर्नामेण्टमा सहभागी हुन आव्हान गरेको छ।

    उक्त दिन कुनै पनि नेपाली सँघ संस्थाहरुले अन्य कार्यक्रमको आयोजना नगरिदिनु हुन र जसलाई एउटा सौहार्दपूर्ण बातावरणमा सम्पन्न पार्न सबैलाई आ-आफ्नो क्षेत्रबाट सहयोग तथा सल्लाह, सुझाव दिनको लागि अनुरोध समेत गरेको छ।

    कुवेतको कुनै एउटा सुविधा सम्पन्न स्टेडियममा आयोजना गरिने टुर्नामेण्टको लागि खेल मैदानको खोजी भई रहेको र तय हुन साथ पुन सूचित गरिने पनि मगर सँघ कुवेतले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस्

    देउवालाई कांग्रेस नेताहरूको प्रश्न: सिंगापुर उपचारपछि बैंकक फलोअप, के हो रहस्य?

    ७ वैशाख, काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवालाई हालै स्वास्थ्य उपचारका लागि सिंगापुर र बैंककको...

    कलंकी ग्याङफाइट : अभय तामाङ हत्यामा २१ जनाविरुद्ध ज्यान मुद्दा, सर्वोच्च अदालतको नजिर अनुसार कारबाही अघि बढ्दै

    काठमाडौं, वैशाख ७ – काठमाडौंको कलंकीस्थित खड्कागाउँमा भएको ग्याङफाइट प्रकरणमा २३ वर्षीय अभय तामाङको हत्या...

    रवि लामिछानेको सर्वोच्चमा निवेदन : “म गैरकानुनी रूपमा थुनामा छु”

    काठमाडौं, वैशाख ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई बिना कानुनी प्रक्रिया...

    राप्रपाको प्रदर्शनबाट अध्यक्ष लिङ्देनसहित सात जना पक्राउ

    काठमाडौं, वैशाख ७ – राजधानी काठमाडौंमा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शनका...

    तनहुँमा माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

    काठमाडौँ, वैशाख ७ – तनहुँको नेपाल डाँडास्थित सडक खण्डमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको...