News Portal

कुवेतमा शहिद लखन थापामगर गोल्ड कप १२ मे २०२३ मा हुने

हिमालीसंचार संवाददाता
३४५ पटक

कुवेत। नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा कुवेतमा सन् २०१४ देखी सञ्चालन गरिएको शहिद लखन थापामगर रनिङ् शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्टको तेश्रो संस्करण आगामी १२ मे २०२३ का दिन सम्पन्न गरिने आयोजक नेपाल मगर सँघ शाखा कुवेतले जनाएको छ।

कुवेतको नेपाली समुदायमा सन् २०१२ देखी कृयाशिल रहँदै आएको मगर सँघ कुवेतले लखन थापामगर गोल्ड कपको स्थापना गरि ०७ फेब्रुअरी २०१४ मा पहिलो संस्करण सम्पन्न गरेको थियो। जसमा S.D.F.C टिम बिजेता र आयोजक मगर सँघ कुवेत उपबिजेता बनेका थिए भने १३ मार्च २०१५ मा आयोजना गरिएको दोश्रो संस्करणमा अल्घानिम सेक्युरिटी टिम बिजेता र नेवा गुठी उपबिजेता बनेका थिए।

यद्धपी, गोल्ड कपको दोश्रो संस्करण पश्चात विविध प्राविधिक कारण्हरुवश अनिश्चित कालसम्मको लागि स्थगित गरेको गोल्ड कपलाई मगर सँघ कुवेतले ७ बर्ष लामो बिश्राम पश्चात पुन. निरन्तरता दिने भएको हो।

गत ०३ मार्च २०२३ शुक्रबारका दिन, कुवेतको फर्वानियास्थित गार्डेनमा अध्यक्ष बसन्त थापा मगरको अध्यक्षतामा बसेको १३१औं नियमित बैठकले शहिद लखन थापामगर गोल्ड कपलाई पुन सञ्चालनमा ल्याउने निर्णय गर्दै, कुवेतस्थित सम्पूर्ण नेपाली भलिवल टिमहरुलाई यस टुर्नामेण्टमा सहभागी हुन आव्हान गरेको छ।

उक्त दिन कुनै पनि नेपाली सँघ संस्थाहरुले अन्य कार्यक्रमको आयोजना नगरिदिनु हुन र जसलाई एउटा सौहार्दपूर्ण बातावरणमा सम्पन्न पार्न सबैलाई आ-आफ्नो क्षेत्रबाट सहयोग तथा सल्लाह, सुझाव दिनको लागि अनुरोध समेत गरेको छ।

कुवेतको कुनै एउटा सुविधा सम्पन्न स्टेडियममा आयोजना गरिने टुर्नामेण्टको लागि खेल मैदानको खोजी भई रहेको र तय हुन साथ पुन सूचित गरिने पनि मगर सँघ कुवेतले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...