News Portal

किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेशनकाे सम्पूर्ण तयारी पुरा

हिमालीसंचार संवाददाता
४२९ पटक

कुवेत सिटी। किरात राई यायोक्खा कुवेतले आफ्नो तेश्रो अधिवेशन आउदो १७ मार्च शुक्रवारको दिन गर्ने भएको छ।

प्रवासमा रहेर पनि आफ्नो “भाषा, धर्म संस्कार र सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियान” भन्ने मुल नाराका साथ तथा सम्बर्धन गर्ने उद्देश्य लिएर २०१४ मा स्थापना भएको किरात राई जातिहरुको जातिय संस्था किरात राई यायोक्खा कुवेतले फाहाहिलस्थित कोहिनोर इन्टरनेशनल होटलमा बिभिन्न सांस्कृतिक झाँकी र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथमा तेश्रो अधिवेशन गर्ने किराया कुवेतको अध्यक्ष मन्जित चाम्लिङ राईले जानकारी दिए।

उक्त ऐतिहासिक कार्यक्रममा कुवेतबासी सम्पुर्ण नेपाली जनसमुदायको बुद्धिजीवी, समाजसेवी, खेलाडी, पत्रकार, कलाकार लगायत साहित्यकारको साथमा भव्यताका साथ मनाइने अध्यक्ष राईले बताए।

कार्यक्रम हुने:-

मिती : १७ मार्च २०२३
समय : बिहान ११ बजे
स्थान : कोहिनोर इन्टरनेशनल होटल फाहाहिल सनैया, कुवेत।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...