News Portal

  • किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेशनकाे सम्पूर्ण तयारी पुरा

    हिमालीसंचार संवाददाता
    ३४१ पटक

    कुवेत सिटी। किरात राई यायोक्खा कुवेतले आफ्नो तेश्रो अधिवेशन आउदो १७ मार्च शुक्रवारको दिन गर्ने भएको छ।

    प्रवासमा रहेर पनि आफ्नो “भाषा, धर्म संस्कार र सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियान” भन्ने मुल नाराका साथ तथा सम्बर्धन गर्ने उद्देश्य लिएर २०१४ मा स्थापना भएको किरात राई जातिहरुको जातिय संस्था किरात राई यायोक्खा कुवेतले फाहाहिलस्थित कोहिनोर इन्टरनेशनल होटलमा बिभिन्न सांस्कृतिक झाँकी र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथमा तेश्रो अधिवेशन गर्ने किराया कुवेतको अध्यक्ष मन्जित चाम्लिङ राईले जानकारी दिए।

    उक्त ऐतिहासिक कार्यक्रममा कुवेतबासी सम्पुर्ण नेपाली जनसमुदायको बुद्धिजीवी, समाजसेवी, खेलाडी, पत्रकार, कलाकार लगायत साहित्यकारको साथमा भव्यताका साथ मनाइने अध्यक्ष राईले बताए।

    कार्यक्रम हुने:-

    मिती : १७ मार्च २०२३
    समय : बिहान ११ बजे
    स्थान : कोहिनोर इन्टरनेशनल होटल फाहाहिल सनैया, कुवेत।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई...

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...

    जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

    काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्।...

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिँड्दै, सिंगापुरमा ह्विलचियरमा देउवा दम्पती

    काठमाडौँ, कार्तिक ११ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार...

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...