आज : २०२६-०६-२०, शनिबार

महासंघले शुरु गर्यो स्थानिय निकायमा ग्यास विक्रेता चेतना युक्त उपभोक्ता तथा तालिम प्राप्त ग्यास विक्रेता कार्यक्रम

काठमाडौं – गोकर्णेश्वर नगरपालिका वडा न.८ स्थित छहारी क्लवको सभाहलमा स्थानियहरुको उपस्थीतीमा ग्यास प्रयोग सम्बन्धि उपभोक्ता जनचेतनामूलक कार्यक्रम सोही नगरपालिकाको नगर प्रमुख श्री दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष चन्द  बहादुर थापाबाट महासंघको तर्फवाट “स्थानीय निकायसँग ग्यास बिक्रेता, चेतनायुक्त उपभोक्ता तथा तालिम प्राप्त बिक्रेता” अभियान शुभारम्भ भएको पत्र नगर प्रमुख रिसाललाई हस्तान्तरण गरे।

उक्त कार्यक्रम बोल्दै नगर प्रमुख रिसालले सबै स्थानिय निकाय भित्रका गृहिणीहरु,महिला समूह, क्लव,स्कुल,कलेज तथा सामाजिक संघ सस्थाहरु मार्फत ग्यास प्रयोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम सन्चालन गर्ने कुरा मन्तव्य क्रममा जानकारी गराए। कार्यक्रममा ग्यास प्रयोगमा अपनाउनु पर्ने सावधानी विषयमा प्रशिक्षकको रुपमा महासंघका वरिष्ट उपाध्यक्ष विष्णु प्रसाद दुलाल र उपाध्यक्ष गेहेन्द्र रिजालबाट प्रयोगात्मक शिक्षा दिईएको थियो।

उक्त कार्यक्रममा विशेष अतिथी नेपाल एल पि ग्यास उधोग संघका पूर्व अध्यक्ष शिव प्रसाद घिमिरेले महासंघको यो अभियानको प्रशंसा गर्दै उधोग संघ अभिभावकिय भुमिकामा रहेर काम गर्ने विषय राखे।

कार्यक्रमा स्थानिय ग्यास व्यवसायी,उपभोक्ताको उपस्थिती विच सोही नगरपालिका भित्र सामाजिक गतिविधीमा संलग्न आरुवारी डाँडागाँउ क्लव र स्पोट्स स्पेशल क्लवको सहकार्यमा महासंघका सचिव राजेश दाहालले संयोजनको भुमिका रहेको थियो ।कार्यक्रममा प्रतिनिधी मुलक उपस्थीतीमा रहनु भएका सवैले यस प्रकारको जनचेतना कार्यक्रम टोल टोलमा,वडा वडामा राख्नु पर्ने विषय उठान गरे।