News Portal

१९औं माउण्ट एभरेष्ट कप: टिम दर्ता र टाईसिट १० मार्चमा, मार्च १७ मा खेल हुने

हिमालीसंचार संवाददाता
३४९ पटक

कुवेत सिटी। माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ-कुवेतद्वारा आयोजना हुन गईरहेको १९औं माउण्ट एभरेष्ट कप फूटबल टुर्नामेण्टको टिम दर्ता र टाईसिट यही १० मार्च २०२३ शुक्रबारका दिन बिहानको ठिक ११ बजे महबुल्लाको फुटबल मैदानमा सार्वजनिक गरिने भएको छ।

क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई यस टुर्नामेण्टमा सहभागी हुन आव्हान गर्दै खेलको मनोरञ्जन लिनु हुन अनुरोध गरेको छ।

नक आउट चरणमा खेलाईने १९औं माउण्ट एभरेष्ट कपका सम्पूर्ण खेलहरु आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले जिम्मा दिएका सक्षम रेफ्रीहरुबाट खेलाईने छ भने, रेफ्री र लाइन्स म्यानहरुको निर्णय नै अन्तिम निर्णय हुनेछ।

गत मार्च ३ तारिखका दिन क्लवका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षता कुवेतको फर्वानियास्थित एभरेष्ट नेपाली होटलमा बसेको क्लवको २४२औं नियमित बैठकले टिम दर्ता शुल्क र पुरस्कार राशी तपशिल बमोजिम निर्धारित गरेको छ।

टिम दर्ता र टाईसिट हुने :-

मिति : १० मार्च २०२३, शुक्रबार
समय : बिहानको ठिक ११ बजे,
स्थान : महबुल्ला फुटबल ग्राउण्ड
टिम दर्ता शुल्क : ३५ कुवेती दिनार

खेल हुने :-

मिति : १७ मार्च २०२३, शुक्रबार
समय : बिहानको ठिक ८ बजे
स्थान : शुकसवा फुटवल मैदान, फाहाहिल स्पोर्टस क्लव, सनैया फाहाहिल, कुवेत

पुरस्कार :-

बिजेता टिम : ट्रफी, मेडल, प्रमाण पत्र र २५१ केडी नगद

उपबिजेता टिम : ट्रफी, मेडल, प्रमाण पत्र र १५१ केडी नगद

अनुशासित टिम : ट्रफी र प्रमाण पत्र

उत्कृष्ट खेलाडी : ट्रफी र प्रमाण पत्र

हाई स्कोरर : ट्रफी र प्रमाण पत्र

यसैगरी, उत्कृष्ट गोल रक्षक, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेन्डर र रेफ्रिहरुलाई पनि आयोजकले प्रमाण पत्र, मेडल र अन्य पुरस्कारले सम्मान गर्ने बताईएको छ।

थप जानकारीको लागि :-

मोहन राई – ९७३७२८५८,
राज मल्ल ठकुरी – ६००६७५७२,
सुरेश गुरुङ – ६६२८२२७५,
डम्बर मोक्तान – ५१५९३०४९,
जय आले – ६६१८७१०७,
जगत मगर – ९९२८८३२०,
शिव पौडेल – ६६२८१२५७,
आनन्द श्रेष्ठ – ६७०१००६५,
आयुर घले – ९६६३५६०९,
सन्त लम्साल – ९९१०१४०८ अर्थात, क्लवका कुनै पनि सदस्यहरुलाई सम्पर्क गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...