News Portal

डियर भ्याक्सिन उपन्यासको अन्तरक्रिया

हिमालीसंचार संवाददाता
३८१ पटक

काठमाण्डौ। वरिष्ठ साहित्यकार प्रोफेसर डा. तुलसी दिवसको प्रमुख आतिथ्यमा विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन अमरद्वारा लिखित उहाँको तिसौं कृति ”डियर भ्याक्सिन’ उपन्यास पुस्तकको विमर्श तथा अन्तरक्रिया कार्यक्रम एक समारोहबीच सम्पन्न भयो।

कार्यक्रमका अध्यक्ष प्रभात दिक्षित (स्रष्टा साँझ अमेरिका)को अध्यक्षतामा कार्यक्रम आयोजनामा कार्यक्रम संचालन भएको थियो। नेपालको तर्फबाट उपन्यास समाज नेपालका अध्यक्ष शङ्कर भारतीको आतिथ्यमा कार्यक्रम संचालन भएको थियो।

वरिष्ठ साहित्यकार प्राे.डा.तुलसी दिवसबाट संसारमा कोरोनाको महामारी चलेको बेला सुरेन्द्र महर्जन अमरले कोरोना महामारीलाई लिएर रोगबाट लड्न बनाइएको भ्याक्सिन र उपन्यासभित्र रहेको कथाले मान्छे भएर रोगसँग लड्न तयार पारिएको कथालाई लिएर अघि बड्नु राम्रो रहेको बताउनुभयो।

पुस्तक यति नै पृष्ठ उति नै पृष्ठको नभएर कथाले दिने ज्ञानलाई स्विकार्नु पर्ने कुरालाई जोड दिनुभयो। विश्वमा चलेको महामारीलाई रोक्न बनाइएको भ्याक्सिनले अब औषधिको काम गर्ने छ। उस्तै अब सुरेन्द्र महर्जनको उपन्यासले पनि औषधिको काम गर्ने बताउनुभयो।

डियर भ्याक्सिन उपन्यासको बारेमा पचासभन्दा बढी विभिन्न भाषामा संगीत भरेर विश्व कृतिमानी रेकर्ड कायम गरिसकेका चर्तित  संगीतकार सन्तोष श्रेष्ठले डियर भ्याक्सिन उपन्यासका बारेमा वर्तमान समयमा चलि रहने घटनालाई लिएर उपन्यासमा मुख्य पात्र नायक/नायिका एक जना विदेशमा गएर अध्यन गरेको र एक जनाले देशमा नै अध्यन गरेर कोरोनाको खोपको खोजी गरेर रोगबाट बच्न सकिने खोपको आविष्कार गरेको र विदेशभन्दा प्यारो देश रहेकोे कथा रहेकोमा उपन्यास राम्रो रहेको र पढेपछि छोड्न नसकिने यो पुस्तकले सारा विश्वलाई ज्ञान दिने बताउनुभयो।

हालै सगरमाथा बेस्ट क्याम्प ५३६४ मिटर अग्लो स्थानबाट आफ्नो उनन्तिसौं कृति सार्वजनिक गरेर विश्व कृतिमानी रेकर्ड बनाउन सफल सुरेन्द्र महर्जन अमरलाई बधाई समेत दिनु भयो।

विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन “अमर”काे उपन्यास “डियर भ्याक्सिन” माथि विद्वान व्यक्तिद्वय प्राे. सुनिल अधिकारीले उपन्यासमा मान्छेका कथा मात्र नभएर प्राकृतिक विम्बलाई पनि समेटिएको बताउनु भयो। रातपछि देखा पर्ने सूर्य किरणले आशाको बाटो देखाएको डियर भ्याक्सिन उपन्यासभित्र सुन्दर चित्रण गरिएको कुरा उल्लेख गर्नुभयो। उपन्यासमा आफ्नो देशलाई माया गरेर प्रमुख पात्रहरू देश फर्किएको अत्यन्तै राम्रो भएको बताउनुभयो।

उपन्यास बारे आफ्नो मन्तव्य व्यक्त गर्दै लेखक एवं साहित्यकार सुरेन्द्र महर्जनले भने सर्वप्रथम त आयोजक संस्था उपन्यासकार संघ नेपाल र अमेरिकालाई आफ्नो ३० औं कृतको अन्तरक्रिया कार्यक्रम आयोजना गरि विश्वभर पुर्‍याउन सहयोग गरेकोमा हृदयदेखि धन्यवाद दिनुभयो।

रोगदेखि हारेर प्राण छोड्नु राम्रो हैन हिम्मत र संघर्षबाट सफलता प्राप्त हुने अनि देश प्रेमका साथै प्रेम कथामा आधारित डियर भ्याक्सिनको सबैको निमित्त अचुक औषधि बन्ने जानकारी गराउनु भयो। जीवनदेखि हारेर नहुने उत्साह, हौसला, प्रोत्साहन, हिम्मत आदिले आशा जगाउने अनि प्रेममा शक्ती रहेको कुरा पुस्तक पढेपछि थाहा पाउने जानकारी दिनु भयो।

साहित्यकार कमलमणि देवकोटाले उपन्यासमा मान्छेका कथा मात्र नभएर प्राकृतिक विम्बलाई पनि समेटिएको बताउनु भयो। ओएसनेपालबाट प्रकाशित पुस्तकका बारेमा मानबहादुर भुजेल लगायतले डियर भ्याक्सिन उपन्यासको बारेमा बोल्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...