News Portal

प्रवासबाटै ल्याए सुन्दरले मार्मिक लोकदोहोरी गीत “पुरानो घाउ” (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४५० पटक

कुवेत सिटी। कुवेतमा छायाङ्कन गरिएको निकै मार्मिक लोकदोहोरी गीत “पुरानो घाउ”को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

कुवेतमै रहेका गायक सुन्दर परियारले असङ्खे नेपाली गीत सङ्गीत प्रेमीहरुका लागि लोकदोहोरी गीत “पुरानो घाउ”को म्युजिक भिडियो सार्वजनिक गरेका हुन।

उक्त गीतमा बहुचर्चित गायक पुष्कल शर्मा र चर्चित गायिका शान्ती श्री परियारको सुमधुर आवाजमा रहेको उक्त गीतको शब्द र संगीत  गायक सुन्दर परियारको रहेको छ।

दुई दर्जनभन्दा बढी गीतमा सुमधुर आवाज र एक दर्जनभन्दा बढी गीतमा आफै शब्द र संगीत गरेका छन् सुन्दरले।

कुवेतलाई कर्मथलो बनाउदै आएका श्याम बिसीको निर्देशन रहेको भिडियोको सम्पादन भने, इन्द्र थापा मगरले गरेका छन। उक्त गीतको म्युजिक भिडियोमा कृष्ण कार्की, मनिषा पाण्डे, श्याम बिसी, गायक बिबि मल्ल ठकुरी, गोबिन्द बराललगायतको अभिनय देख्न सकिन्छ।

यो गीतको म्युजिक भिडियोलाई पुष्कल शर्माको अफिसियल युट्यु च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...