News Portal

नेपाली सेनामा भर्ना खुल्यो: १९ चैतसम्म आवेदन दिन सकिने, कुन पदमा कति ?

हिमालीसंचार संवाददाता
४०९ पटक

काठमाडौं। नेपाली सेनाले विभिन्न पदमा खुला तथा समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार एक सूचना प्रकाशित गर्दै जंगी अड्डा, भर्ना छनोट निर्देशनालयले विभिन्न भर्ती केन्द्रबाट दरखास्त दिने जानकारी दिएको हो।

बन्दोबस्ती कार्य सिपाही, सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा भर्ना खुलेको नेपाली सेनाले जनाएको छ। मध्यपूर्वी पृतना इटहरीबाट ५४ जनाका लागि आवेदन खुलेको छ। जसमा सबैभन्दा धेरै बन्दोबस्त कार्य सिपाहीमा खुला र आरक्षणतर्फ गरी २३ जनाको माग भएको छ।

महोत्तरीबाट ५२ जनाका लागि भर्ना खुलेको छ। जसमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको मागभएको छ। सफाइकर्मीमा ८ जनाको माग गरिएको छ। हेटौंडाबाट समेत ५२ जनाको माग भएकोमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ। पोखराबाट ५४ जनाको माग भएको छ। जसमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ।

बुटवलबाट ५४ जनाको माग भएकोमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ। सुर्खेतबाट कुल ५४ जनाको माग भएको छ। कैलालीबाट ५३ जनाको माग आएको छ। उपत्यकामा नारायणहिटीबाट ५३ जनाको माग गरी दरखास्त आह्वान गरिएको नेपाली सेनाले जनाएको छ।

१९ चैतसम्म आवेदन दिन सकिने

नेपाली सेनाले १ महिनाको अवधि राखेर दरखास्त मागेको छ। अर्थातः १९ चैतसम्म आवेदन दिने सकिने भएको छ। दोब्बर दस्तुर तिरेर चैत २६ सम्म आवेदन दिने सकिने भएको छ। दरखास्त फाराम सम्बन्धित भर्ना केन्द्रबाट लिइने भएको छ। सोही केन्द्रमा बुझाउनु पर्ने समेत सेनाले जनाएको छ।

फाराम शुल्क १ सय रुपैयाँ तोकिएको छ। यी पदहरुमा साधारण लेखपढ गर्न सक्ने सबैले आवेदन दिन सक्ने भएका छन्। १८ वर्ष पुरा भई २६ वर्ष ननाघेको हुनुपर्ने समेत सूचनामा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...