News Portal

नेपाली सेनामा भर्ना खुल्यो: १९ चैतसम्म आवेदन दिन सकिने, कुन पदमा कति ?

हिमालीसंचार संवाददाता
३७७ पटक

काठमाडौं। नेपाली सेनाले विभिन्न पदमा खुला तथा समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार एक सूचना प्रकाशित गर्दै जंगी अड्डा, भर्ना छनोट निर्देशनालयले विभिन्न भर्ती केन्द्रबाट दरखास्त दिने जानकारी दिएको हो।

बन्दोबस्ती कार्य सिपाही, सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा भर्ना खुलेको नेपाली सेनाले जनाएको छ। मध्यपूर्वी पृतना इटहरीबाट ५४ जनाका लागि आवेदन खुलेको छ। जसमा सबैभन्दा धेरै बन्दोबस्त कार्य सिपाहीमा खुला र आरक्षणतर्फ गरी २३ जनाको माग भएको छ।

महोत्तरीबाट ५२ जनाका लागि भर्ना खुलेको छ। जसमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको मागभएको छ। सफाइकर्मीमा ८ जनाको माग गरिएको छ। हेटौंडाबाट समेत ५२ जनाको माग भएकोमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ। पोखराबाट ५४ जनाको माग भएको छ। जसमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ।

बुटवलबाट ५४ जनाको माग भएकोमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ। सुर्खेतबाट कुल ५४ जनाको माग भएको छ। कैलालीबाट ५३ जनाको माग आएको छ। उपत्यकामा नारायणहिटीबाट ५३ जनाको माग गरी दरखास्त आह्वान गरिएको नेपाली सेनाले जनाएको छ।

१९ चैतसम्म आवेदन दिन सकिने

नेपाली सेनाले १ महिनाको अवधि राखेर दरखास्त मागेको छ। अर्थातः १९ चैतसम्म आवेदन दिने सकिने भएको छ। दोब्बर दस्तुर तिरेर चैत २६ सम्म आवेदन दिने सकिने भएको छ। दरखास्त फाराम सम्बन्धित भर्ना केन्द्रबाट लिइने भएको छ। सोही केन्द्रमा बुझाउनु पर्ने समेत सेनाले जनाएको छ।

फाराम शुल्क १ सय रुपैयाँ तोकिएको छ। यी पदहरुमा साधारण लेखपढ गर्न सक्ने सबैले आवेदन दिन सक्ने भएका छन्। १८ वर्ष पुरा भई २६ वर्ष ननाघेको हुनुपर्ने समेत सूचनामा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...