News Portal

मोरङको सुनवर्षीमा घाँटी रेटेर हत्या, खाल्डोमा शव पुरेको अबस्थामा फेला पऱ्यो

हिमालीसंचार संवाददाता
३०३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका-१ स्थित  काँटा मेला नजिकैमा रहेको धनश्यम गानगाईको पोखरी छेउमा  खाल्डो खनेर गाडिएको अवस्थामा १५ बर्षीय युवाको शव  फेला परेको छ। 

गान्धी आश्रम माध्यमिक बिधालयमा कक्षा ८ मा पढदै गरेका  दिल बहादुर माझीका १५ बर्षीय छोरा विशाल माझी मृत अवस्थामा फेला परेका हुन । फागुन ११ गते विशाल घरबाट हराएको थिए।

उनको खोजीकार्यका लागि इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीको गोप्य सुचनाको आधारमा १६ गते सोही स्थान बस्ने बर्ष ३५ का विरेन्द्र पासवान र निजको  श्रीमती डल्लस पासवानलाई नियन्त्रणमा लिएपछि सोही दिन आफुहरुले हत्या गरेर गाडेको स्नीकार गरेपछि लाश गाडीको स्थानसम्म उनीहरु मार्फत नै प्रहरी पुग्न सफल भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक शैलेश न्यौपानेले बताए।

विशालको धारीलो हतियारले घाँटी रेटेर काटेको र शरीर भरी खुकुरीले प्रहार समेत गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई ज्यान मार्ने कसुर अभियोगमा मुद्दा दर्ता गरेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...