News Portal

मोरङको सुनवर्षीमा घाँटी रेटेर हत्या, खाल्डोमा शव पुरेको अबस्थामा फेला पऱ्यो

हिमालीसंचार संवाददाता
२८६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका-१ स्थित  काँटा मेला नजिकैमा रहेको धनश्यम गानगाईको पोखरी छेउमा  खाल्डो खनेर गाडिएको अवस्थामा १५ बर्षीय युवाको शव  फेला परेको छ। 

गान्धी आश्रम माध्यमिक बिधालयमा कक्षा ८ मा पढदै गरेका  दिल बहादुर माझीका १५ बर्षीय छोरा विशाल माझी मृत अवस्थामा फेला परेका हुन । फागुन ११ गते विशाल घरबाट हराएको थिए।

उनको खोजीकार्यका लागि इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीको गोप्य सुचनाको आधारमा १६ गते सोही स्थान बस्ने बर्ष ३५ का विरेन्द्र पासवान र निजको  श्रीमती डल्लस पासवानलाई नियन्त्रणमा लिएपछि सोही दिन आफुहरुले हत्या गरेर गाडेको स्नीकार गरेपछि लाश गाडीको स्थानसम्म उनीहरु मार्फत नै प्रहरी पुग्न सफल भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक शैलेश न्यौपानेले बताए।

विशालको धारीलो हतियारले घाँटी रेटेर काटेको र शरीर भरी खुकुरीले प्रहार समेत गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई ज्यान मार्ने कसुर अभियोगमा मुद्दा दर्ता गरेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...