
धरान – नेपालकै सार्वधिक लोकप्रीय रक गायकको पहिचान बनाएका धरानका चर्चित रक गायक सविन राईले धरान एक्स्पोमा आज प्रस्तुति दिने भएका छन्।
“सविन राई एण्ड द फारोह” आफ्नो व्यान्डसंगै प्रस्तुति दिन लागेको गायक राईको चर्चित गीतहरु प्रस्तुत गर्ने आयोजकले जानकारी दिए। उनी करिब तीन दशकदेखि सागीतिक क्षेत्रमा सक्रिय छन।
धरीन एक्स्पोमा हरेक दिन अलक अलक गायकहरुको प्रस्तुतिसंगै शुरु हुने मेलामा आज साझ ६ बजेदेखि सागीतिक रहने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले हिमालीसंचारडटकमलाई जानकारी दिएका छन् ।
धरान एक्स्पो धरानको क्षेत्रिय रंगशाला धरान-१६ स्थित गत फागुन ११ गतेदेखि शुरु भएको एक्स्पो फागुन २० गतेसम्म सञ्चालन हुनेछ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित धरान एक्स्पोले सुनसरीको व्यवसायीक, औद्योगिक, कृषि, पर्यटन, शिक्षा, साङ्गीतिक, सूचना तथा प्रविधि क्षेत्रको प्रद्धन गर्ने उद्देश्य राखेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
