News Portal

माल्दिभ्सका राष्ट्रपति निर्वाचन परिणाम रद्द गर्न असफल

हिमाली संचार संवाददाता
५७५ पटक

एजेन्सी–आइतबार माल्दिभ्सको सर्वोच्च अदालतले अघिल्लो महिना भएको राष्ट्रपतीय निर्वाचनको परिणामलाई अनुमोदन गरिदिएको छ । राष्ट्रपति अब्दूला यामिनले निर्वाचनमा भएको आफ्नो पराजयलाई चुनौती दिँदै सर्वोच्चमा मुद्धा दायर गरेका थिए ।

प्रारम्भमा हार स्वीकार गरेका यामिन र उनका समर्थकहरुले अहिले आएर निर्वाचनमा धाँधली भएको र केही स्थानमा जाली मतपत्र भेटिएको बताउन थालेका छन् ।
यामिन विपक्षीहरुको संयुक्त उमेद्वार इब्राहिम मोहमद सलिहसँग पराजित भएका थिए ।

सर्वोच्चको फैसलामा यामिनले निर्वाचनमा धाँधली भएको प्रमाणित गर्न नसकेको उल्लेख छ । साथमा दुई उमेद्वारको मत परिणाममा देखिएको ठूलो भिन्नताले गर्दा मत दिने क्रममा कुनै गडबडी भएर निर्वाचन परिणाम प्रभावित पर्न सक्ने सम्भावना नरहेको उल्लेख छ ।

आफ्नो राष्ट्रपतित्वकालमा पूर्वराष्ट्रपति रहेका आफ्ना सौतेनी भाई लगायत कयैन विपक्षीहरुलाई जेल हालेका यामिनले आफूबिरुद्ध मत परिणाम आएपछि त्यसबिरुद्ध अक्टोवर १० मा सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

सेप्टेम्बर २३ मा सार्वजनिक भएको आधिकारिक मतपरिणामले विपक्षी उमेद्वार इब्राहिम मोहमद सोलिहले १६.८% को फरकले अप्रत्यासित जित हासिल गरेको देखाएको थियो ।

अदालत बाहिर उपस्थित रहेका सयौं प्रदर्शनकारीले फैसलापछि यामिनलाई पक्राउ गर्नुपर्ने नारा लगाएका थिए । पहिलेको सुनुवाईजस्तो यो पटक सत्तारुढ पार्टीका समर्थकहरु अदालत बाहिर उपस्थित भएका थिएनन् ।

माल्दिभ्सको निर्वाचन आयोगले सेप्टेम्बरको चुनाव स्वतन्त्र र धाँदलीरहित भएको बताइसकेको छ । निर्वाचनमा दर्ता भएका मतदातामध्ये ८९.२% ले मतदान गरेको आयोगले बताएको छ ।   निर्वाचनअघि स्वतन्त्र निर्वाचन नगराए माल्दिभ्समाथि प्रतिबन्ध लगाउने धम्की दिएको अमेरिकाले निर्वाचन परिणामलाई भने तत्कालै स्वागत गरेको थियो ।

यसअघिनै विपक्षीहरुले नोभेम्बर १७ निर्धारित शक्ति हस्तान्तरण सहज नहुने आशंका व्यक्त गरेका थिए ।  मुद्दा दायर भएपछि माल्दिभ्सको निर्वाचन आयोगका चार सदस्यले धाक धम्कीलाई कारण देखाउँदै देश छाडेका थिए ।

तथापि निर्वाचन परिणामलाई चुनौती दिए पनि यामीनले गत हप्ता आफूले सत्ता छाड्ने तयारी गरिरहेको बताएका थिए ।  यस वर्षको फेब्रुअरीमा यामिनले एक अदालतको फैसललाई निस्तेज गर्नको लागि संकटकाल लगाएदेखि यो सुन्दर देश राजनीतिक उतारचढाबबाट गुज्रिरहेको छ । अदालतले पूर्व राष्ट्रपति मोहम्मद नाशीदसहित नौ विपक्षी नेताहरुमाथि लागेको आरोप आमान्य घोषित गरिदिएपछि यामीनले संकटकाल लगाएका थिए ।

हिन्द महासागरको प्रमुख जलमार्गको नजिक रहेको माल्दिभ्स पछिल्लो समय प्रभावको लागि भारत र चीनबीच भूराजनीतिक प्रतिस्पर्धास्थल बनेको छ ।

चीन पक्षधर यामीनले यस टापू राज्यलाई चीननजिक पुर्यााएका थिए । चीनले आफ्नो बेल्ट एण्ड रोड इनिसिएटिभ्स अन्तर्गत एशियाभर व्यापार र यातायात सम्पर्क विस्तार गर्न माल्दिभ्समा पनि पूर्वाधार विकास गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...