News Portal

कथा – मुर्ख

हिमालीसंचार संवाददाता
१०२२ पटक

रूखमा एउटा ढुकुर बस्ने गर्थ्यो। उ आफ्नो गुँडमा आरामदायी जीवन बिताइरहेको थियो। त्यो रुखमा अर्को एउटा बाँदर पनि बस्थ्यो। बाँदर घरबिना यताउता सुत्ने गर्थ्यो। एक दिन धेरै पानी पर्यो। चिसो हावाको कारण बाँदर उदास भएको थियो। उ पूरै भिजेको थियो।

ढुकुर गुँडमा लुकेर सुरक्षित बसेको थियो। उसलाई वर्षाले कुनै असर गरेन। पानी परेपछि ढुकुरले बाँदरलाई सम्झाउदै भन्यो– “बाँदर भाइ ! म जस्तै घर बनाएको भए तिमी यसरी पानीमा भिज्ने थिएनौ, न त चिसोमा तिम्रो हालत खराब हुने थियो। मेरो विश्वास छ भने, तिमी पनि मान्छे जस्तै घर बनाउ र बस्न थाल।

बाँदरले ढुकुरको कुरा सुन्यो। उसले जिस्काएको जस्तो बाँदरलाई लाग्यो। बाँदर रिसले रातो भयो अनि उसले ढुकुरको गुँड पनि फाली दियो। ढुकुरसँग रिषाउदै बाँदरले भन्यो, “यस्तो जाबोले मलाई सम्झाउन परेको छैन। अब तँ कहाँ बस्छस् म देख्छु।”

ढुकुरले आफ्नो गुँड भत्किएको देख्यो। रिषले रातो पिरो भयो ढुकुर। रिसाए पनि के नै गर्न सक्थ्यो। अन्तमा उसले फेरि एकपटक बाँदरलाई सम्झायो- बाँदर भाइ ! म फेरि मेरो गुँड बनाउँछु।

हो, ‘मूर्खलाई मनाउनाले आफ्नै हानि हुन्छ’ भन्ने पाठ मैले थाहा पाए। हामीले समझदार प्राणलाई बुझाउनुपर्छ। समझदारीमा विश्वास गर्नुहोस्। यति भन्दै ढुकुर त्यो रुखबाट उडेर टाढा अर्को रुखमा गुँड बनाएर बस्न थाल्यो।

– तपिकुमार सिंह ठकुरी
सिम्ता गाउँपालिका वडा नं.४ पिल्क, सुर्खेत।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...