News Portal

अल मुजैनी कप भलिबल प्रतियोगिताको उपाधि मगर संघ कुवेत शाखाले जित्यो

हिमालीसंचार संवाददाता
२२५ पटक

कुवेत – गोर्खा स्पोर्टिङ क्लवको आयोजनामा सम्पन्न भएको ‘अल मुजैनी कप’ अन्तर नेपाली भलिबल प्रतियोगिता उपाधि मगर संघ कुवेत शाखाले हात पारेको छ।

कुवेतको राष्ट्रिय दिवस र स्वतन्त्रता दिवसको अवसरमा गोर्खा स्पोर्टिङ क्लवले अन्तर नेपाली खुला ‘अल मुजैनी कप’ भलिबल प्रतियोगिता महाबुल्लास्थित खेल मैदानमा २४ तारिकका दिन आयोजना गरेको थियो ।

त्यसैगरी प्रतियोगितामा दोश्रो उपाधि कल्याणकारी नेपाली समाज कुवेत र तेश्रो उपाधि नमस्ते नेपाली रेस्टुरेन्टले हात पारेको छ ।
अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा भएको भलिबल प्रतियोगिताबाट प्रथम हुने टिमले नगद २५०/- केडि , ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद १५०/- केडि , ट्रफी, मेडल र प्रमाणपत्र र  तृतीय हुने टिमले नगद ७५/-  केडि , ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन । भलिबल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

कुवेतमा कृयाशिल नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी लगायत खेल प्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो। अल मुजैनी एक्सचेन्जका सेल्स हेड एण्ड मार्केटिङ म्यानेजर स्मिजिथ गिरिजन र मार्केटिङ टिम लगायतको उपस्थिति रहेको थियो। साथै अल मुजैनी एक्सचेन्जले आफ्ना ग्राहकहरुलाई आकर्षक उपहार समेत वितरण गरेको थियो।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...