News Portal

  • अब एन्ड्रोइडमा गुगल एपका लागि पैसा तिर्नुपर्ने

    ८४२ पटक

    एजेन्सी : गुगलको नयाँ निर्णय अनुसार अब एन्डोइड फोन निर्माताहरुले आफ्ना हरेक डिभाइसमा गुगल एपको प्रयोगका लागि शुल्क तिर्नुपर्ने भएको छ । युरोपमा गुगल प्ले स्टोर तथा अन्य मोबाइल एप्सका लागि प्रति डिभाइस ४० डलर तिर्नुपर्नेछ । द भर्जमा छापिएको खबर अनुसार हरेक मोबाइल डिभाइसमा गुगल सर्भिस इन्स्टल गर्नका लागि मोबाइल उत्पादकले ४० डलर सम्म शुल्क तिर्नुपर्नेछ ।

    देशगत तथा मोबाइल डिभाइसको प्रकारगत रुपमा यस्तो शुल्क फरक पर्नसक्ने र यो नयाँ नियम आगामी सन् २०१९ को फेब्रुअरी १ पछि एक्टिभेट गरिएका डिभाइसमा मात्र लागू हुने बताइएको छ । त्यस्तै गुगलले एन्डोइड डिभाइस उत्पादक कम्पनीहरुसँग केही वा पूरा लाइसेन्सिङ शुल्क बेहोर्नेगरी छुट्टै सम्झौताको प्रस्ताव पनि गरेको छ । यसमा ती कम्पनीहरु सामेल छन् जसले आफ्ना डिभाइसमा क्रोम तथा गुगल सर्च इन्स्टल गर्न चाहन्छन् । द भर्जले छापेको यस समाचारप्रति गुगलले कुनै आधिकारिक टिप्पणी भने गरको छैन ।

    केही दिनअघि मात्र गुगलले मोबाइल डिभाइस निर्माताहरुसँग कम्प्याटिबिलीटी सम्झौतालाई अपडेट गर्न गैरहेको बताएको थियो । यस अन्तर्गत युरोपमा कम्पनीहरुलाई गुगल प्ले तथा अन्य गुगल एन्ड्रोइड एपका लागि शुल्क भुक्तान गर्नु पर्ने हुनसक्छ । एन्ड्रोइड विरुछ युरोपेली युनियनको एन्ट्री ट्रस्ट वाचडगको फैसला लागू गरिएसँगै गुगलले यो कदम उठाउन लागेको बताइएको छ ।

    युरोपेली आयोगले गुगलद्वारा मोबाइल निर्माताहरुलाई गुगल सर्च तथा क्रोम इन्स्टल गर्न दबाव दिएको र सो नियमविरुद्ध रहेको फैसला गरेको थियो । त्यसबापत गुगलमाथि गत जुलाईमा ५ अर्ब १० करोड डलर जरिवानाको फैसला गरेको थियो । गुगलले उक्त फैसलाविरुद्ध पुनरावेदन गरिसकेको छ ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...