News Portal

अब एन्ड्रोइडमा गुगल एपका लागि पैसा तिर्नुपर्ने

९०७ पटक

एजेन्सी : गुगलको नयाँ निर्णय अनुसार अब एन्डोइड फोन निर्माताहरुले आफ्ना हरेक डिभाइसमा गुगल एपको प्रयोगका लागि शुल्क तिर्नुपर्ने भएको छ । युरोपमा गुगल प्ले स्टोर तथा अन्य मोबाइल एप्सका लागि प्रति डिभाइस ४० डलर तिर्नुपर्नेछ । द भर्जमा छापिएको खबर अनुसार हरेक मोबाइल डिभाइसमा गुगल सर्भिस इन्स्टल गर्नका लागि मोबाइल उत्पादकले ४० डलर सम्म शुल्क तिर्नुपर्नेछ ।

देशगत तथा मोबाइल डिभाइसको प्रकारगत रुपमा यस्तो शुल्क फरक पर्नसक्ने र यो नयाँ नियम आगामी सन् २०१९ को फेब्रुअरी १ पछि एक्टिभेट गरिएका डिभाइसमा मात्र लागू हुने बताइएको छ । त्यस्तै गुगलले एन्डोइड डिभाइस उत्पादक कम्पनीहरुसँग केही वा पूरा लाइसेन्सिङ शुल्क बेहोर्नेगरी छुट्टै सम्झौताको प्रस्ताव पनि गरेको छ । यसमा ती कम्पनीहरु सामेल छन् जसले आफ्ना डिभाइसमा क्रोम तथा गुगल सर्च इन्स्टल गर्न चाहन्छन् । द भर्जले छापेको यस समाचारप्रति गुगलले कुनै आधिकारिक टिप्पणी भने गरको छैन ।

केही दिनअघि मात्र गुगलले मोबाइल डिभाइस निर्माताहरुसँग कम्प्याटिबिलीटी सम्झौतालाई अपडेट गर्न गैरहेको बताएको थियो । यस अन्तर्गत युरोपमा कम्पनीहरुलाई गुगल प्ले तथा अन्य गुगल एन्ड्रोइड एपका लागि शुल्क भुक्तान गर्नु पर्ने हुनसक्छ । एन्ड्रोइड विरुछ युरोपेली युनियनको एन्ट्री ट्रस्ट वाचडगको फैसला लागू गरिएसँगै गुगलले यो कदम उठाउन लागेको बताइएको छ ।

युरोपेली आयोगले गुगलद्वारा मोबाइल निर्माताहरुलाई गुगल सर्च तथा क्रोम इन्स्टल गर्न दबाव दिएको र सो नियमविरुद्ध रहेको फैसला गरेको थियो । त्यसबापत गुगलमाथि गत जुलाईमा ५ अर्ब १० करोड डलर जरिवानाको फैसला गरेको थियो । गुगलले उक्त फैसलाविरुद्ध पुनरावेदन गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...