News Portal

कबिता – को हौ तिमी !

हिमालीसंचार संवाददाता
८८५ पटक

भुर भुर गरि उड्ने चरी,
चंचल यो मन चुड्ने गरि…
न सताउ मलाई रात भरी,
परेलिमा आई घरीघरी।

छम छम् पायल पाउँभरी,
न बजाउ पायल त्यसो गरि…
छचल्किन्छन मोति नयन भरी,
साहेद कहिल्यै न थम्ने गरि।

जोड गरि उड्ने ढुक्कुर चरी,
खुल्ला आकाश आफ्नै गरि…
सयर गर उड्दै संसार भरी,
लानुपर्ने केही छैन आखिर मरी।

घुम्टो ओडि घुम्ने लाल परि,
को हौ तिमी घुम्ने यसो गरि…
छन् मान्छे यहाँ नानाथरी ,
रुवाउलान फेरि जीवन भरी।

धपक्क बलेकि जूनसरि,
मीठो एउटा बाँसुरीको धुन भरी…
जम्मै यो मन खालि गरि,
राखौं कित त्यही मन भरी।।

– तपिकुमार सिंह ठकुरी

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...